नियात्रा समाज नेपालले नियात्राकार यादव खरेललाई ‘नियात्रा सम्मान’द्वारा सम्मनित गर्ने भएको छ।
शुक्रबार समाजले खरेललाई २०७६ सालको ‘नियात्रा सम्मान’द्वारा सम्मानित गर्ने निर्णय गरेको हो।
‘माछा पानीमा पौडिएसरी’, ‘जिन्दगी खोलाजस्तै बगिरहेछ’, ‘चैतमासा खडेरीमा’ जस्ता चर्चिग गीतका गीतकार समेत रहेका यादवले नेपाली साहित्यको गीत, कविता मुक्तकका साथै नियात्रामा कलम चलाएका छन्।
उनका ‘अनि एउटा लहर ब्यूँझन्छ’, कविता संग्रह, यादव खरेलका मुक्तकहरू , मुक्तक संग्रह, ‘समुन्द्रपारी’ नियात्रा संग्रह, ‘खलबल’ हाँस्यव्यङ्ग्य संग्रह, ‘यस्तो पनि हुँदा रहेछ’ र ‘ यस्तै रहेछ यहाँको चलन’जस्ता गीत संग्रह प्रकाशित छन्। उनको नियात्रा सङ्ग्रह ‘समुद्रपारि’ वि.सं. २०३२ सालमा प्रकाशित भएको थियो।
साहित्यका साथसाथै चलचित्र लेखन, र निर्देशनमा समेत उनको उल्लेख्य योगदान रहेको छ। उनले ‘आदिकवि भानुभक्त’, ‘प्रेमपिण्ड’, ‘श्री स्वस्थानी’, ‘चेलीबेटी’, ‘लोभीपापी’, ‘हत्तेरी’ लगायतका चलचित्रको निर्देशन गरेका छन्।
प्रत्येक वर्ष एक जना विशिष्ट नियात्राकारलाई प्रदान गरिँदैआएको सो सम्मान यसअघि डा तारानाथ शर्मा र श्री देविचन्द्र श्रेष्ठलाई प्रदान गरिसकिएको नियात्रा समाजले जानकारी दिएको छ।

प्रतिक्रिया