समयमा एम्बुलेन्स नपाएका कारण भारतीय अभिनेत्री र उनका नवजात शिशुको मृत्यु भएको छ।
महाराष्ट्रको हिँलोगीकी २५ वर्षीया मराठी अभिनेत्री पुजा जुन्जरलाई प्रसव पीडा भएपछि गत बुधबार नजिकैको एक अस्पतालमा लगिएको थियो। त्यहाँ उनले रातिको २ बजे एक बच्चालाई जन्म दिइन्। तर, जन्म दिँदासाथ ती शिशुको मृत्यु भयो।
बेहोस भएकी पुजालाई स्वास्थ्य चौकीका डाक्टरले जिल्ला अस्पताल लैजान आग्रह गरेका थिए। यस्तोमा उनका पति विष्णुले १०८ मा फोन गरेर एम्बुलेन्स मगाएका थिए। तर, एम्बुलेन् पाइएन। फेरि १०२ मा फोन गरेर सानो एम्बुलेन्स मगाए। तर, त्यहाँ पनि उपलब्ध भएन। त्यसपछि परिवारले कारमै राखेर पुजालाई जिल्ला अस्पताल लैजान खोज्यो।
सोही क्रममा यात्राको ३० मिनेटपछि उनको निधन भयो। समयमै एमबुलेन्स पाएको भए आफ्नी श्रीमतीको निधन नहुने उनका श्रीमान्ले बताएका छन्।

प्रतिक्रिया