कला


सलमान खानको बहुप्रतीक्षित ‘दबंग–३’को ट्रेलर सार्वजनिक (भिडियो)

सलमान खानको बहुप्रतीक्षित ‘दबंग–३’को ट्रेलर सार्वजनिक (भिडियो)

नेपालखबर
कात्तिक ६, २०७६ बुधबार १२:५१,

बलिउडका सुपरस्टार अभिनेता सलमान खानको बहुप्रतीक्षित चलचित्र ‘दबंग–३’को ट्रेलर सार्वजिक भएको छ।

बुधबार साँझ सलमान खान फिल्मस्को अफिसियल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक भएको हो। ट्रेलर सार्वजनिक कार्यक्रमममा अभिनेता खान चुलबुल पाण्डेकै भूमिकामा प्रस्तुत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

युट्युबमा ट्रेलर सार्वजनिक गर्नुअघि विभिन्न सहरहरुमा ट्रेलर लाइभ देखाइएको थियो।

प्रभु देवाको निर्देशनमा बनेको चलचित्र ‘दबंग–३’मा सलमान प्रहरी अफिसरको भूमिका रहेका छन्।

उनी दबंगकै पुरानै सिक्बेलजस्तै पुलिसवाला गुण्डाको भूमिककामा छन्। फिल्ममा सलमानका साथमा पहिलो पटक साउथ इन्डिय फिल्मका सुपरस्टार  किच्चा सुदीपलाई नकरात्मक भूमिकामा प्रस्तुत गरिएको छ भने दबंग गर्लको परिचय बनाएकी सोनाक्षी सिन्हा पनि प्रमुख भूमिकामा छन्। यसै फिल्ममार्फत महेश मान्जरेकरकी छोरी सई मान्जरेकरले बलिउडमा डेब्यु गरेकी छन्।

यस ट्रेलरमा चुलबुल पाण्डेको बर्दीलाई सबैभन्दा पहिला देखाइएको छ भने त्यसपछि पाण्डेलाई।

ट्रेलर यिनै चार कलाकारको वरिपरि घुमेको छ। एक्सनलाई प्राथमिकता दिइएको ट्रेलरमा गीतसंगीत, प्रेम र रोमान्सलाई समेत प्रस्तुत गरिएको छ। फिल्म आगामी डिसेम्बर २० बाट प्रदर्शनमा आउने छ।

हेरौँ भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad