राजनीति


अर्थमन्त्री खतिवडाका कारण प्रधानमन्त्री अप्ठेरोमाः गगन थापा

अर्थमन्त्री खतिवडाका कारण प्रधानमन्त्री अप्ठेरोमाः गगन थापा

नेपालखबर
कात्तिक ६, २०७६ बुधबार १२:५८,

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको कामबाट उत्साही हुनुपर्ने अवस्था नरहेको बताएका छन्।

पूर्वमन्त्री समेत रहेका नेता थापाले अर्थमन्त्री डा. युवराज खतिवडाका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कामलाई गति दिन नसकेको दावी पनि गरे। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको ईतिहासमै बलियो सरकार बनेपनि त्यसले बैज्ञानिक ढंगले काम गर्न नसकेको पनि बताए।

कांग्रेस नेता थापाले अर्थमन्त्री खतिवडाले अर्थमन्त्रीको जस्तो नभई नेपाल राष्ट्र बैंकको गभर्नरको रुपमा प्रस्तुत भएकाले मुलुकको आर्थिक विकासको गति सहज ढंगले अघि बढन नसकेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad