ad ad

कला


युट्युबमा चर्चा बटुल्दै ‘पियारी’का गायक जाेसेफले संगीत भरेकाे गीत ‘मायाको चौघेरो’

युट्युबमा चर्चा बटुल्दै ‘पियारी’का गायक जाेसेफले संगीत भरेकाे गीत ‘मायाको चौघेरो’

नेपालखबर
भदौ २४, २०७८ बिहिबार १४:४३, काठमाडौँ

भ्वाइस अफ नेपालका उत्कृष्ट प्रतिस्पर्धी तारा श्रीस मगर र आर्यन तामाङ्गको पहिलो गीत ‘मायाको चौघेरो’ युट्युब म्युजिक ट्रेन्डिङ्गमा परेको छ। 

गत शुक्रबार ‘जोसेफ शाही अफिसियल’ नयाँ युट्युब च्यानलमा सार्वजनिक गरिएको गीत ६ दिनमै युट्युब ट्रेन्डिङ्गमा परेको हो । 

सामान्य मिडिया प्रमोसनबाहेक कुनै पनि बुस्ट नगरिएको गीतलाई दर्शकले रुचाएका हुन्। 

गीतमा विषम आचार्यको संगीत संयोजन रहेको छ । ए वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरियो यो गीतको ध्वनी सम्पादन किशोर थापाले गरेका हुन् । 

गीतको भिडियोमा मोडल सरोज राना प्रजा र बिना राउतको नृत्यसहितको अभिनय हेर्न सकिन्छ। 

बिनालाई एकोहोरो पछ्याइरहेका सरोजले अन्त्यमा आफ्नो मायाको चौघेरोमा पार्न सफल भएको कहाँनी गीतको भिडियोमा समेटिएको छ। गीतको नृत्य निर्देशन समेत सरोजले नै गरेका हुन् ।

भिडियोमा भक्तपुर दरबार स्क्वाएरका विभिन्न झलकहरू देख्न सकिन्छ । बसन्त कुँवरको छायाँकन, टेकेन्द्र शाहको सम्पादन रहेको गीतको भिडियो निर्देशन गौरव गिरीले गरेका हुन् ।  

भिडियो :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .