कला


तिहारमा बालबालिकाका निम्ति युट्युबमार्फत वर्णमाला

तिहारमा बालबालिकाका निम्ति युट्युबमार्फत वर्णमाला

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार ७:१८,

नेपाली भाषामा केटाकेटीहरूका निम्ति मौलिक र स्तरिय बालरचनाहरूको अभावलाई ध्यानमा राखेर नेपालयले .बाल रचनाहरू निर्माण गर्न शुरु गरेको छ।

नेपालभित्र र विश्वभर छरिएर रहेका नेपालीभाषी बालबालिकाहरूमै समर्पित हुनेगरि यो काम नेपालयले अघि बढाएको हो। यस्ता गीतहरूमा शिशु कक्षादेखिका बालबालिकालाई शैक्षिक हिसाबले समेत काम लाग्नेगरि बाह्रखरि, अंकगणितसँगै विविध विषय समेटिएका छन्।

बालबालिकाको मनोभावलाई सुहाउनेगरिका बालरचनाहरू संगीतकार आभासले रचना गरेका छन्। ‘आफ्नै पारिवारिक परिवेशका निम्ति उपयुक्त बालगीतहरूको खोजी गरिरहेका आभासलाई मैले यस क्षेत्रमा उनले पुरानै सीप र अनुभव प्रयोग गरेर नयाँ गीतहरु तयार पार्नसक्ने अनुरोध गरेको थिएँ,’ नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘नभन्दै केही महिनामै उनले वर्णमालामा आधारित गीतहरु नै तयार पारिदिए।’

किरणले यस्ता बालगीतहरूलाई पुस्तकाकारमा पनि पब्लिकेशन नेपालयले तयार पारेर सर्वत्र उपलब्ध गराउने तयारी रहेको जानकारी गराएका छन्।

यसैक्रममा नेपाली चाड तिहारको सुअवसर पारेर युट्युबमार्फत् बालबालिकालाई उपहार स्वरुप वर्णमालामा आधारित गीतहरूको शृंखला सार्वजनिक गरिने भएको हो । ‘नेपाली बाल रचना’मा संकलित वर्णमालाका यी गीतलाई बालबालिकाले अब कार्टुन चित्र सहित हेर्न र सुन्न सक्नेछन् ।

आभासले तयार पारेका वर्णमालाका गीतमा गायिका मिना निरौला र बेनुका राईले स्वर दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad