नेपाली कथानक चलचित्र ‘पूर्व पश्चिम’को शुभ मुहूर्त गरिएको छ। कमलादीस्थित गणेश मन्दिरमा सोमबार चलचित्रको शुभमुहूर्त गरिएको हो।
सोमबारदेखि नै छायांकन सुरु गरिएको चलचित्रमा विनोद न्यौपाने, मरिस्का पोख्रेल, रिश्ता बस्नेत, कृष्ण धानुक, दिलिप भट्ट, धिरेन शाक्य, प्रकाश घिमिरे, रामबाबु रेग्मी, अनिता के.सी., सचिन गौतम, सन्दिप शाहीलगायतका कलाकारको अभिनय रहनेछ। चलचित्रको गीतमा कोसिस क्षेत्री, करणराज कार्की र पुरुषोत्तम सुवेदीको संगीत रहने बताइएको छ।
उत्तम हुमागाईंको छायांकन र गौरव गिरीको निर्देशनमा बन्न लागेको चलचित्र वीरबहादुर तामाङ (विक्रम) र दिपेन्द्र बरियाले संयुक्तरुपमा निर्माण गर्न लागेका हुन्। चलचित्र काठमाडौं र म्याग्दीको राखुमा छायांकन गरिने निर्माण पक्षले जनाएको छ।
3
Shares
प्रतिक्रिया