कला


अमेरिकामा प्रेमीसँग मस्ती गर्दै वर्षा शिवाकोटी!

अमेरिकामा प्रेमीसँग मस्ती गर्दै वर्षा शिवाकोटी!

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार ५:१८,

वर्षा शिवाकोटी नेपालका चर्चित नायिकामध्ये पर्छिन्। तर, उनका फिल्म भने एकपछि अर्को गर्दै फ्लप भइरहेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्ना फिल्म नचलेको भन्दै असन्तुष्टि पोख्ने उनै नायिका यतिबेला अमेरिकामा छिन्। आगामी फिल्म ‘लक्का जवान’को छायाँकन सकेर उनी यतिबेला अमेरिकामा रमाइरहेकी छन्।

वर्षासँगै छन्, सविनजंग थापा नामक एक युवक। वर्षाले असोज २५ गते टेक्सासमा खिचेको फोटो सामाजिक सञ्जालमा राखेकी थिइन्। त्यसपछि उनी क्यालिफोर्निया, एरिजोना, नाभाडालगायतका स्थानमा घुमफिर गरिरहेकी छन्।

यसरी अमेरिकामा वर्षालाई सविनजंगले नै घुमाइरहेका छन्। यसको प्रमाण वर्षाले टेक्सासमा खिचेको तस्बिरमा उनलाई क्रेडिट दिनु र सविनजंगले क्यालिफोनिर्या जाँदै गरेको तस्बिर सार्वजनिक गर्नुले दिएको छ।

चलचित्र बृत्रमा सविनजंग र वर्षाबीच प्रेम सम्बन्ध रहेको चर्चा छ। अमेरिकामा उनीहरु सँगै रमाउनुले पनि यसको संकेत गरेको छ। वर्षाले सामाजिक सञ्जालमा आफ्नामात्र तस्बिर पोस्ट गरेकी छन्। यसलाई कतिपयले प्रेमी लुकाउने खेलो सम्झिएका छन्।

तर, सविनजंगले इस्टाग्राममा दुई वटा फरक–फरक तस्बिर जोडेर राखिदिँदा उनीहरुको प्रेमका सम्बन्धमा चर्चा सुरु भएको हो। सविनजंगले माई डेमा वर्षालाई ट्याग गर्दै लभ इमोइजसमेत राखेका थिए।

यसअघि पनि वर्षा र निर्देशक मिलन चाम्सबीच प्रेम सम्बन्ध रहेको चर्चा चलेको थियो। तर, दुवैले यस कुरालाई नकारेका थिए। अहिले पनि सविनजंगसँगको प्रेमको चर्चा चुलिएपछि वर्षाले अमेरिकाबाटै यसलाई अस्वीकार गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .