कला


शिल्पा भन्छिन्ः म श्रीमानबारे बोल्दिन, मेरो गोपनीयताको सम्मान गर्नुहोस्

शिल्पा भन्छिन्ः म श्रीमानबारे बोल्दिन, मेरो गोपनीयताको सम्मान गर्नुहोस्

राज कुन्द्रा र शिल्पा


नेपालखबर
साउन १८, २०७८ सोमबार १६:१९, काठमाडौँ

भारतीय अभिनेत्री शिल्पा सेट्टीले सामाजिक संजालमा पहिलोपटक आफ्नो श्रीमान राज कुन्द्राबारे प्रतिक्रिया जनाएकी छिन्।

राज कुन्द्रा केही समययता पोर्न भिडिओ बनाएको आरोपमा प्रहरीको हिरासतमा छन्। मुम्बईको क्राइम ब्रान्चले कुन्द्राले अश्लिल चलचित्र बनाएको आफूसँग पर्याप्त प्रमाण भएको बताएको छ।

शिल्पाले यसअघि कुन्द्राको विषयमा आफ्नो नाम मुछिएको भन्दै संचार माध्यमविरुद्ध उजुरी दिँदै आफूलाई करोडौं भारु क्षतिपूर्ति दिइनुपर्ने भन्दै माग गरेकी थिइन्।

पोर्न भिडिओको मामिलामा आफ्नो संलग्नता नभएकाले आफ्नो नाम बारम्बार संचार माध्यममा आउन नहुने उनको माग छ।

यसअघि प्रहरीसँग उनले कुन्द्राले पोर्न भिडिओ नबनाएको र उनले इरोटिक ‘कामुक चलचित्र’ बनाएको बताउँदै यो दुवैमा भिन्नता हुने बताएकी थिइन्।

यसबीचमा शिल्पाले ट्विटरमा पछिल्लो घटनाक्रमबारे बयान सार्वजनिक गरेकी छिन्। उनले आफूले श्रीमानको विषयमा केही नबोल्ने र आफूलाई भारतको कानुनमा पुरै विश्वास भएकाले सही फैसला हुने बताएकी छिन्।

यस्तै उनले यो काण्डमा बारम्बार आफ्नो नाम नजोड्न साथै आफ्नो र परिवारको गोपनीयता सम्मान गर्न आग्रह गरेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad