ad ad

कला


ऐश्वर्या राय र सनी देओलले सँगै काम गरेको फिल्म, जुन कहिल्यै रिलिज भएन

ऐश्वर्या राय र सनी देओलले सँगै काम गरेको फिल्म, जुन कहिल्यै रिलिज भएन

नेपालखबर
साउन ४, २०७८ सोमबार १६:५१,

बलिउडमा धेरै सेलेब्रेटी छन्, जसलाई कहिल्यै सिल्भर स्क्रिनमा सँगै देखिएको छैन। ती मध्येको एक हुन् ऐश्वर्या राय र सनी देओल।

यद्यपि फिल्म निर्माताहरूले उनीहरूलाई दुई पटक सँगै स्क्रिन सेयर गराउने प्रयास गरे। तर सम्भव भएन। तर ऐश्वर्या–सनीले एउटा फिल्ममा सँगै काम गर्दै थिए भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। 

दुवैले सन् १९९७मा एउटै फिल्ममा काम गरेका थिए। जसको सुटसँग सम्बन्धित केही फोटोहरू सोशल मिडियामा रूपमा भाइरल छन्। तर त्यो फिल्म रिलिज हुन भने सकेन। भनिन्छ, यो फिल्म त्यतिबेलाको सबैभन्दा महंगो फिल्म हो।

फिल्मको सुटिङ पनि भएको थियो। तर सुटिङको एक वर्षपछि काम बन्द गरियो। यसको रहस्यबारे अहलेसम्म खुलाइएको छैन।

फिल्मको नाम ‘इण्डियन’ थियो। यस चलचित्रको केवल एउटा गीत मात्र सुट गरिएको थियो। त्यसपछि बन्द भएको थियो। फिल्मको बजेटमध्ये १.७५ करोड रूपैयाँ मात्र दुवैमा खिचिएको एउटा गीतमा खर्च भयो।

सधैँ देशभक्तको भूमिका खेल्ने सनी देओल यस फिल्ममा आतंकवादीको भूमिकामा थिए। यदि फिल्म रिलिज गरिएको थियो भने, यो सनीको डबल रोलमा देखिने पहिलो फिल्म हुने थियो। उसो त सनी कुनै पनि फिल्ममा दोहोरो भूमिकामा छैनन्।

उनी एक भूमिकामा सेनाका अधिकृत थिए भने अर्को भूमिकामा आतंककारी। त्यसबेला यो फिल्ममा करिब साढे चार करोड रूपैयाँ खर्च भएको थियो। 

हुन् त सन् २०००मा ‘इण्डियन’ नाम गरेको अर्को फिल्म रिलिज भएको थियो। जसमा सनी र शिल्पा शेट्टी मुख्य भूमिकामा थिए। सनीले एक अन्तर्वार्तामा ऐश्वर्यादेखि श्रीदेवी जस्ता चर्चित अभिनेत्रीसँग आफूले काम गर्न इन्कार गरेको बताएका थिए। 

ऐश्वर्याले पनि एक अन्तर्वार्तामा सनी देओलसँग फिल्म गर्न आफूले मन नपराउने बताएकी थिइन्। 

‘उहाँको फिल्ममा नायिकाको लागि गर्नुपर्ने केही नै हुन्न। त्यसकारण सनीसँग फिल्म खेल्न मन पराउँदिन’ उनले भनेकी थिइन्।

सनी निकै समयदेखि फिल्मबाट टाढा थिए। उनी अब फिल्म ‘अपन के’ सिक्वेलमा देखा पर्दैछन्। यसमा बबी देओल, धर्मेन्द्र र करण देओल देखा पर्नेछन्। हाल फिल्मको सुटिङ रोकिएको छ। फिल्मका निर्देशक अनिल शर्मा हुन्।

ऐश्वर्या भने अहले कुनै फिल्ममा देखिएकी छैनन्। तर उनी मणिरत्नम निर्देशित साउथ फिल्म पोन्नियिन सेलवनमा काम गर्दैछिन्। यस फिल्ममा उनको दोहोरो भूमिका छ। फिल्मको बजेट ५ सय करोड रुपैयाँ छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .