कला


कोरोना संक्रमणबारे जनचेतनामुलक गीत ‘बरिलै’ सार्वजनिक (भिडिओ)

कोरोना संक्रमणबारे जनचेतनामुलक गीत ‘बरिलै’ सार्वजनिक (भिडिओ)

नेपालखबर
असार २८, २०७८ सोमबार १५:५३,

मरुन एकेडेमी अफ परफर्मिङ आर्टसले एनपी साउण्डको सहकार्यमा कोरोना संक्रमणबारे जनचेतनामुलक गीत ‘बरिलै’ सार्वजनिक गरेको छ।

मरुन एकेडेमीका सञ्चालक सबिना दाहाल अधिकारीले कोभिडविरुद्ध लडिरहेको बेला गीतले केही हदसम्म जनचेतना जगाउन मद्दत गर्ने बताइन्।

‘गीतका माध्यमले मानवता र सहृदयता बढाउन खोजेका हौँ’ संगीतकार पवन अधिकारीले भने।

आज हो की भोलि हो थाहा छैन जीवन, नगरौं है गरुङ्गो यो मन..., यो संसार फेरि उठ्ने छ..., हामी पुन यथास्थिति मा आउने छौं..., केही धैर्य गरौं जस्ता मनलाई शान्त दिने खालका शब्दले गीतलाई स्रोताले रुचाउने निर्माण पक्षले विश्वास गरेको छ।

ओसो सन्यासी पवन अधिकारीको शब्द संगीत रहेको गीत सञ्जय अधिकारीले गाएका हुन्। जसमा विक्रम अधिकारी र सूर्य अधिकारीको बाध्यबादन रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .