मरुन एकेडेमी अफ परफर्मिङ आर्टसले एनपी साउण्डको सहकार्यमा कोरोना संक्रमणबारे जनचेतनामुलक गीत ‘बरिलै’ सार्वजनिक गरेको छ।
मरुन एकेडेमीका सञ्चालक सबिना दाहाल अधिकारीले कोभिडविरुद्ध लडिरहेको बेला गीतले केही हदसम्म जनचेतना जगाउन मद्दत गर्ने बताइन्।
‘गीतका माध्यमले मानवता र सहृदयता बढाउन खोजेका हौँ’ संगीतकार पवन अधिकारीले भने।
आज हो की भोलि हो थाहा छैन जीवन, नगरौं है गरुङ्गो यो मन..., यो संसार फेरि उठ्ने छ..., हामी पुन यथास्थिति मा आउने छौं..., केही धैर्य गरौं जस्ता मनलाई शान्त दिने खालका शब्दले गीतलाई स्रोताले रुचाउने निर्माण पक्षले विश्वास गरेको छ।
ओसो सन्यासी पवन अधिकारीको शब्द संगीत रहेको गीत सञ्जय अधिकारीले गाएका हुन्। जसमा विक्रम अधिकारी र सूर्य अधिकारीको बाध्यबादन रहेको छ।
882
Shares

प्रतिक्रिया