ad ad

रोजगार


अमेरिकी डलर र दिनारको मूल्य बढ्यो, अस्ट्रेलियन डलर र पाउन्डको घट्यो

अमेरिकी डलर र दिनारको मूल्य बढ्यो, अस्ट्रेलियन डलर र पाउन्डको घट्यो

नेपालखबर
साउन ४, २०८१ शुक्रबार ५:४७, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर र दिनारसहित केही विदेशी मुद्राको मूल्य बढ्दा धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको हो।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। विगत दुई दिन स्थिर रहेको अमेरिकी डलरको मूल्य आज बढेको हो। 

हिजो र अस्ती अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०४ पैसामा कारोबार भएको थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४७ रुपैयाँ र बिक्रीदर १४६ रुपैयाँ ६५ पैसा थियो। 

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७४ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७९ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९० रुपैयाँ ३० पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ०१ पैसा र बिक्रीदर ९० रुपैयाँ ४१ पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ०९ पैसा निर्धारण भएको छ। हिजो  कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ७८ पैसा थियो। 

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ २९ र बिक्रीदर ३५५ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ र बिक्रीदर ३५५ रुपैयाँ ५९ पैसा थियो। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .