ad ad

रोजगार


दलको नेता भएपछि देउवाले भने : पार्टीलाई अब राम्ररी अगाडि बढाएर लैजान्छौँ

दलको नेता भएपछि देउवाले भने : पार्टीलाई अब राम्ररी अगाडि बढाएर लैजान्छौँ

दलको नेतामा विजयी भएपछि देउवा। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
पुस ६, २०७९ बुधबार ११:१५, काठमाडौँ

नेपाली कांग्रेस संसदीय दलको नेतामा विजयी भएपछि शेरबहादुर देउवाले अब पार्टीलाई राम्ररी अगाडि बढाएर लैजाने बताएका छन्। 

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छोटो प्रतिक्रिया दिँदै उनले भने, 'अब पार्टीलाई राम्ररी अगाडि बढाएर लैजान्छौँ। सबैलाई मिलाएर लैजान्छौँ।'

देउवाले दलको निर्वाचनमा ६४ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी महामन्त्री गगन थापाले २५ मत पाए। देउवा ३९ मतको अन्तरमा विजयी भए। 

उनी यो जितसँगै अब छैटौँ पटक प्रधानमन्त्री हुने दौडमा छन्। देउवाले यसअघि नै पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट कांग्रेसकै नेतृत्वमा सरकार बनाउने निर्णय गराइसकेका छन्। 

देउवा यसअघि २०७८ असार २८ गते पाँचौँ पटक प्रधानमन्त्री भएका थिए। अब उनी छैटौँ पटकको प्रधानमन्त्री पदको दौडमा अगाडि देखिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .