चितवनको भरतपुर महानगरमा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छिन्।
कुल १९ हजार ७८८ मत गन्दा रेनुले २२६ मतले अग्रता लिएकी छिन्। उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार विजय सुवेदीले ६ हजार ४ सय ५२ मतसहित रेनलाई पछ्याइरहेका छन्।
रेनुले हालसम्म ६६७८ मत पाएकी छिन्। त्यस्तै भुइँकटहर चुनाव चिह्नबाट लडेका जगन्नाथ पौडेलले ३२५५ मत ल्याएका छन्।
उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारीले ८१२०, राप्रपाकी हिमला गुरुङले ५३०६ मत पाएकी छिन्।
वडा नं. ५ को मत गणना चलिरहँदा सूर्यले १०६९, रुखले ११४० मत पाएका छन्।
261
Shares

प्रतिक्रिया