ad ad

निर्वाचन विशेष


तिलोत्तमाको मेयरमा कांग्रेसका रामकृष्ण खाण विजयी

तिलोत्तमाको मेयरमा कांग्रेसका रामकृष्ण खाण विजयी

नेपालखबर
जेठ १३, २०७९ शुक्रबार ६:४२, काठमाडौँ

रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाण विजयी भएका छन्। 

नेकपा एमालेका मोहन चापागाईलाई ७६५ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन्। 

खाणले २४ हजार ३९६ मत प्राप्त गरेका छन्। चापागाईंले २३ हजार ६३१ मत ल्याएका छन्। काङ्ग्रेस रूपन्देही जिल्ला सभापति समेत रहेका रामकृष्ण गृहमन्त्री बालकृष्ण खाणका भाइ हुन्। 

उपमेयरमा एमालेकी जागेश्वरीदेबी चौधरी बिजयी भएकी छन्। 

उनले २३ हजार ८६ मत प्राप्त गरिन् ।  गठबन्धनको तर्फबाट माओवादी केन्द्रका हेमन्त पाण्डेले ११ हजार ५४६ मत प्राप्त गरे।चौधरी यसअघि पनि उपमेयर थिइन।

तिलोत्तमाका १७ वटा वडा मध्ये ९ वटा वडाअध्यक्षमा काँग्रेस र ८ वटा वडामा एमालेले जितेको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .