निर्वाचन विशेष


१० हजार मत बाँकी हुँदै भरतपुरमा रेनु र चित्रसेन विजयी हुने निश्चित

१० हजार मत बाँकी हुँदै भरतपुरमा रेनु र चित्रसेन विजयी हुने निश्चित

फाइल तस्बिर


नेपालखबर
जेठ ९, २०७९ सोमबार १८:१, काठमाडौँ

चितवनको भरतपुर महागनरपालिकामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल मेयर हुने पक्का भएको छ।

त्यसैगरी यहाँ सत्ता गठबन्धनबाटै उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी हुने पक्का भएको हो।

सातादेखि जारी मतगणनाका क्रममा दुवै उम्मेदवारले एमाले र राप्रपाका प्रतिस्पर्धीलाई १० हजार बढी मतको अन्तरले पछि पारिसकेका छन्।  

भरतपुरका तीन वडाको मत गन्न बाँकी हुँदै उनीहरुको जित पक्का भएको हो। अब गन्न बाँकी मतभन्दा बढी उनीहरुको पक्षमा आइसकेकाले दुवैको जित पक्का भएको हो। 

भरतपुर महानगरपालिकामा वडा २७, २८ र २९ को मतगणना गर्न बाँकी छ। वडा २७, २८ र २९ मा १० हजार ३२४ मत खसेको थियो।

भरतपुरका २४ वटा वडाको नतिजा अहिलेसम्म आइसकेको छ। जसमा वडा नं ३, ११, १२, १८ र १९ को वडाध्यक्षमा एमालेका उमेदवार निर्वाचित भएका छन्। 

१३ र २४ नम्बरमा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन्। ७, ९, २२ मा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन्। अन्य सबै वडामा कांग्रेस विजयी भएको छ। 

अहिलेसम्म मेयरमा रेनु दाहालले ४५ हजार ३८९ मत ल्याएकी छन्। अर्कातिर पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ३४ हजार ७३८ मत ल्याएका छन्। 

मेयर पदमा एमालेका सुवेदीभन्दा दाहाल १० हजार ६५१ मतले अगाडि रहेकी छन्। यो अन्तर गन्न बाँकी १० हजार ३२४ मत भन्दा ३२७ ले धेरै हो। 

अहिलेसम्म कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उठेका जगन्नाथ पौडेलले १३ हजार ८२२ मत ल्याएका छन्। उनले राम्रो मत ल्याए पनि एमालेले त्यसको फाइदा लिन सकेन। 

त्यसैगरी उपमेयरमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले १९ हजार ६७ मतको अग्रता लिएका छन्।

उनले ४६, ४७१ मत ल्याएर जित पक्का गरिसकेका छन्। एमालेसँग मिलेर उपमेयरमा उठेकी राप्रपाकी हिमला गुरुङले २७ हजार ४०४ मत ल्याएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad