निर्वाचन विशेष


बालेनको भोट ४० हजार कट्यो, केशव स्थापित तेस्रोमा खुम्चिए

बालेनको भोट ४० हजार कट्यो, केशव स्थापित तेस्रोमा खुम्चिए

फाइल फोटो


नेपालखबर
जेठ ८, २०७९ आइतबार १३:४८, काठमाडौँ

काठमाडौं महानगरपालिकाको नयाँ नेतृत्वका लागि एक सातादेखि जारी मतगणनाका क्रममा आइतवार मध्यान्हसम्म स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता अझै बढेको छ।

आइतवार दिउँसो ११ बजेसम्म १ लाख १४ हजार २०५ मत गनिसकिएको छ।

यस्तो अवस्थामा लौरो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ४० हजार ४२७ मत ल्याएका छन्। 

उनलाई अहिले नेपाली कांग्रेसकी सिर्जना सिंहले दोस्रो नम्बरमा रहेर पछ्याइरहेकी छन्। सिंहले २३ हजार १९३ मत ल्याएकी छन्। 

उता यसअघि दोस्रो नम्बरमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो नम्बरमा खुम्चिएका छन्। 

स्थापितले ताजा अवस्थामा २२ हजार ४१५ मत ल्याउन सकेका छन्। उनले भने जस्तै कोर एरियामा पुग्दासमेत बालेनकै अग्रता लगातार बढिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad