निर्वाचन विशेष


धुलिखेलमा अशोक ब्याञ्जु दोस्रोपटक निर्वाचित, उपमेयरमा कांग्रेस

धुलिखेलमा अशोक ब्याञ्जु दोस्रोपटक निर्वाचित, उपमेयरमा कांग्रेस

नेपालखबर
जेठ ६, २०७९ शुक्रबार १८:३२, काठमाडौँ

धुलिखेल नगरपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ।

प्रमुखमा नेकपा एमालेका अशोक कुमार ब्याञ्जु ८ हजार ३ सय ५१ मतसहित विजयी भएका हुन्।

उपप्रमुखमा कांग्रेसका निराजन जंगम ७ हजार ९ सय ३८ मतसहित विजयी भएका हुन्। 

प्रमुखका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार बिदुर बहादुर बस्नेतले ७ हजार ४ सय ११ मत प्राप्त गरे। उपपम्रखमा प्रतिस्पर्धी एमालेकी लालतारा अधिकारीले ७ हजार ७ सय ९१ मत प्राप्त गरेका छन्। 

धुलिखेलका १२ वडामध्ये कांग्रेसले ६ वटा वडामा जित निकालेको छ। एमालेले ६ वटा वडामा जित निकालेको छ। एउटा वडामा भने राष्ट्रिय प्रजातन्त्र पार्टीले जित निकालेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad