निर्वाचन विशेष


कलैया उपमहानगर कांग्रेसबाट खोस्यो एमालेले

गठबन्धनलाई हराउँदै मेयर-उपमेयर दुवैमा विजयी
कलैया उपमहानगर कांग्रेसबाट खोस्यो एमालेले

एमालेबाट विजयी मेयर-उपमेयरका उम्मेदवार


नेपालखबर
जेठ ६, २०७९ शुक्रबार १९:१३, काठमाडौँ

नेकपा एमालेले बारास्थित कलैया उपमहानगरपालिकाको मेयर-उपमेयर दुवै पदमा विजय हाँसिल गरेको छ।

सत्तारुढ चार दलीय सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेले २०७४ को परिणाम उल्ट्याएको हो। 

शुक्रबार साँझ सम्पन्न मतगणनाअनुसार कलैया उपमहानगरको मेयरमा एमालेका विनोदप्रसाद साह २३ हजार १६१ मतसहित विजयी भएका छन्।

त्यसैगरी उपमेयरमा पनि नेकपा एमालेकै रौशन परविन १८ हजार २५९ मतसहित विजयी भएकी हुन्। 

यहाँ मेयरमा एमालेका साहले कांग्रेसका राजेशप्रसाद यादवलाई पराजित गरेका छन्। पराजित यादवले १७ हजार ७३३ मत ल्याए।

त्यसैगरी उपमेयरमा पराजित जनता समाजवादी पार्टीका उम्मेदवार प्रमोदप्रसाद गुप्ताले १७ हजार ५१४ मत ल्याएका छन्। 

कलैयामा एमालेविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहित चार दलको गठबन्धन थियो। 

यहाँ गठबन्धनबाट मेयरमा कांग्रेसका राजेशराय यादव र उपमेयरमा जनता समाजवादीका नेता एवम् संविधानसभा सदस्य प्रमोदप्रसाद गुप्ता मैदानमा थिए। 

यहाँका २७ वटा वडामध्ये एमालेले नौवटा वडामा जित दर्ता गराएको छ। त्यसैगरी एकीकृत समाजवादी पार्टीले यहाँ एउटा वडामा जित निकालेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad