काठमाडौं महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन साहको मत २६ हजार नाघेको छ।
शुक्रबार बिहान ८ बजेको मतपरिणाम अनुसार साहले २६ हजार ८०० मत पाएका छन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १४ हजार ३०१ मत ल्याएका छन्।
नेपाली कांग्रेसकी सिर्जना सिंहले १३ हजार ७११ मत पाएकी छन्।
उपप्रमुखतर्फ एमालेकी सुनिता डंगोलले २६ हजार ५७५ मत ल्याएकी छन्।
नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५९१ मत पाएका छन्।
शुक्रबार बिहानसम्म काठमाडौंमा ७१ हजार ५ मत गनिसकिएको छ।
1.1k
Shares

प्रतिक्रिया