निर्वाचन विशेष


एमालेको गढ मानिने हरिवनको मेयरमा माओवादीका कमल बुढाथोकीको जित, उपमेयरमा एमाले

एमालेको गढ मानिने हरिवनको मेयरमा माओवादीका कमल बुढाथोकीको जित, उपमेयरमा एमाले

नेपालखबर
जेठ ६, २०७९ शुक्रबार ६:३७, काठमाडौँ

एमालेको गढ मानिने सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रमेश बुढाथोकी (कमल) विजयी भएका छन्। 

आफ्नो पार्टीका उम्मेदवारले कुनै पनि पदमा विजय हासिल नगर्दा पनि बुढाथोकी एमालेका निवर्तमान मेयर गणेश प्रसाइँलाई पराजित गर्दै मेयरमा विजयी भएका हुन्। 

बुढाथोकीले प्रसाईंलाई १५३ मतले पराजित गरेका छन्। ७ हजार २ मत सहित बुढाथोकी विजयी हुँदा प्रसाईंले ६ हजार ८४९ मत मात्रै पाएका छन्। 

बुढाथोकी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका प्रसाईंसँगै पराजित भएका थिए। हरिवनसहित माओवादीले सर्लाहीमा ३ नगरपालिका र एक गाउँ पालिकामा जित निकालेको छ।

उपमेयरमा भने एमालेकी हरिमाया घलान विजयी भएकी छिन्। घलान ६ हजार ८५५ मत सहित विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी पद्मा मोक्तानले ५ हजार ३२१ मत प्राप्त गरिन्। 

हरिवनको वडा नम्बर १, २, ४ र ९ को वडाध्यक्षसहित सदबै पद कांग्रेसले जितेको छ। वडा नम्बर ३, ७, ८, १० र ११ को वडाध्यक्षसहित सबै पदमा एमाले उम्मेदवार विजयी भएका छन्। वडा नम्बर ५ र ६ मा नेकपा एकीकृत समाजवादीले जित निकालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad