तनहुँको व्यास नगरपालिकामा कांग्रेसविरुद्ध एमालेसँग तालमेल गरेका दीपकराज जोशीले अग्रता फराकिलो बनाउँदै लगेका छन्।
स्थानीय तह निर्वाचनका क्रममा कांग्रेस कार्यकर्ताले कुटपिट गरेर टाउकोसमेत फुटेका जोशी उपचाररत रहेका बेला मतगणना जारी छ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह नगरपालिकाको ३६ सय ७६ मत गनिसक्दा मेयरका उम्मेदवार जोशीले कांग्रेस उम्मेदवार वैकुण्ठनाथ न्यौपानेलाई ५९७ मतले पछि पारेका छन्।
कैँची चुनाव चिह्नका जोशीले १७९३ मत पाएका छन् भने कांग्रेसका न्यौपानेले ११९६ मत ल्याएका छन्।
उपमेयरमा जोशीको साथ पाएकी एमाले उम्मेदवार वसुन्धरा घर्ती अगाडि छिन्।
जोशी कुटिएपछि तनहुँको व्यास नगरपालिका–८ रिस्तीस्थित साविकको रिस्ती गाविसको भवन फेदी मतदान केन्द्रमा पुन: भोट भएको थियो।
गत वैशाख ३० गते भएको मतदानलाई रद्द गर्दै ४ जेठमा मतदान गर्ने निर्णय निर्वाचन आयोगले गरेको थियो। त्यही अनुसार बुधबार निर्वाचन सकिएपछि बिहीबारदेखि त्यहाँको मतगणना थालिएको हो।
Shares

प्रतिक्रिया