निर्वाचन विशेष


सीके राउतको पालिकामा लोसपाको जित, जनमत पार्टी चौथो नम्बरमा

सीके राउतको पालिकामा लोसपाको जित, जनमत पार्टी चौथो नम्बरमा

नेपालखबर
जेठ ५, २०७९ बिहिबार ७:२८, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष डा.सीक राउतको गृहपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जित हात पारेको छ। 

राउतको घर रहेको सप्तरीको महादेवा गाउँपालिकामा लोसपाले अध्यक्ष र उपाध्यक्ष जितेको हो। 

लोसपाका उम्मेदवार सुनिलकुमार मण्डल ४ हजार ५७० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपककुमार यादवले २ हजार २०५ मत प्राप्त गरेका छन्। 

त्यस्तै तेस्रो नम्बरमा जसपाका शिवनन्दन यादव १ हजार ७४२ मत र चौथो नम्बरमा रहेका जनमत पार्टीका उम्मेदवार जगनाथ मण्डलले १ हजार ३४१ मत प्राप्त गरेका छन्। 

गाउँपालिकाको उपाध्यक्षमा पनि लोसपाकै अर्चनाकुमारी यादव ३ हजार ८६७ मत प्राप्त गरी निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुष्माकुमार मण्डलले २ हजार २५३ मत ल्याएकी छन्। 

जसपाकी राखी कुमारी यादव १ हजार ६९४ मत र  जनमतकी ललिताकुमारी मण्डलले १ हजार ५८५ मत मात्र प्राप्त गरेकी छन्।  

अहिलेसम्म जनमत पार्टीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा मात्रै प्रमुख जितेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad