ad ad

निर्वाचन विशेष


सुदूरपश्चिमको नतिजा : कांग्रेस ३०, एमाले २२

सुदूरपश्चिमको नतिजा : कांग्रेस ३०, एमाले २२

केशव सावद
जेठ ४, २०७९ बुधबार २२:३३, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमका ९ जिल्लामा कुल ८८ स्थानीय तह छन्। जसमध्ये १ उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका छन्।

यीमध्ये अहिलेसम्म सुदूरपश्चिमका विभिन्न ६५ स्थानीय तहहरुमा स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक भइसकेको छ। २३ वटा स्थानीय तहमा मतगणना जारी छ। 

मतगणना सम्पन्न भएका ६५ मध्ये ३० स्थानीय तहमा नेपाली कांग्रेस, २२ स्थानीय तहमा नेकपा एमाले, १२ स्थानीय तहमा नेकपा माओवादी केन्द्र र १ स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। 

सार्वजनिक भएको मतपरिणामअनुसार समग्रमा अगाडि देखिए पनि कांग्रेस उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूको गृह जिल्ला दार्चुलामा भने ‘क्लिन स्वीप’ भएको छ। दार्चुलाका ९ स्थानीय तहमध्ये एमालेले ५ र माओवादी केन्द्र ४ तहमा विजयी भएका छन्।

दार्चुलामा माओवादी केन्द्रसँग चुनावी तालमेल गरे पनि कांग्रेसका लागि फलदायी बन्न सकेन।  

कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरको गृहजिल्ला डोटीमा भने बिना तालमेल कांग्रेस ७ पालिकामा विजयी भएको छ। जोरायल गाउँपालिकामा कांग्रेस एमालेसँग झिनो मतले (३७) ले पालिका अध्यक्षमा पराजित भएको छ। 

सार्वजनिक मतपरिणाम अनुसार प्रधानमन्त्रीका विश्वासपात्र मानिने रमेश लेखकको निर्वाचन क्षेत्रमा कांग्रेसले १ पालिका गुमाएको छ। कांग्रेसले २०७४ को स्थानीय तह निर्वाचनमा जितेको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने दोधारा–चाँदनी नगरपालिका गुमाएको हो। 

दार्चुला 
अपिहिमाल गाउँपालिकामा माओवादी केन्द्रका ३६ वर्षीय भक्तसिंह ठेकरे (बोहरा) २ हजार ३१२ मतसहित अध्यक्षमा निर्वाचित भएका छन्। उनले निकटतम् प्रतिद्वन्द्वी एमालेका ५१ वर्षीय धर्मानन्दसिंह मन्याललाई ९२७ मतले पराजित गरेका हुन्। 

मन्यालले १ हजार ३८५ मत पाएका छन्। यहाँ नेकपा एकीकृत समाजवादीका ४० वर्षीय कमलेश सिंह रोकायाले १६ पाएका छन्। 

व्यास गाउँपालिकामा एमालेका ५१ वर्षीय मंगलसिंह धामी विजयी भएका छन्। उनी २ हजार ९४९ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा कांग्रेसका ४६ वर्षीय दिलिपसिंह बुढाथोकी २ हजार ३९६ मत पाएका छन्। 

दुहु गाउँपालिकाको अध्यक्षमा एमालेका ४० वर्षीय नरेन्द्रबहादुर सिंह बडालले कांग्रेसका पुलेन्द्रबहादुर कार्कीलाई पराजित गरेका छन्। बडालले २ हजार ८८६ ल्याउँदा कार्कीले २ हजार ७९६ मत प्राप्त गरेका छन्। 

महाकाली नगरपालिकामा एमालेका ४० वर्षीय नरसिंह चैंसिर ५ हजार ३ मतसहित अध्यक्षमा निर्वाचित भएका छन्। महाकालीमा कांग्रेसका ३८ वर्षीय हंसराज भट्टले ३ हजार ८८७ र एकीकृत समाजवादीका ४२ वर्षीय रमेशप्रसाद अवस्थी ३५ मत ल्याएका छन्। 

मालिकार्जुन गाउँपालिकामा पनि एमालेकै ४५ हिरासिंह धामी ४ हजार ३४ सहित अध्यक्षमा विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका ४५ वर्षीय नरेन्द्रसिंह धामीले ३ हजार ३२२ मतमा चित्त बुझाएका छन्। 

माओवादीका ५९ वर्षीय रामदत्त जोशी २ हजार ९७६ मतसहित लेकम गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन्। 

उनले एमालेका ५७ वर्षीय परमानन्द जोशीलाई हराएका हुन्। जोशीले २ हजार ४४५ मत ल्याउँदा तेस्रो भएका एकीकृत समाजवादीका २२ वर्षीय नरेन्द्र रावलले ८३ मत पाएका छन्। 

शैल्यशिखर नगरपालिकामा एमालेका ६७ वर्षीय विजयसिंह धामी ५ हजार ५०९ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका ५० वर्षीय अमरसिंह धामीले ४ हजार ६६२ र राप्रपाका ५६ वर्षीय रामदत्त पाण्डेयले ९३ मत प्राप्त गरेका छन्। 

माओवादीका ४८ वर्षीय दलजीतसिंह धामी नौगाड गाउँपालिकाको अध्यक्ष बनेका छन्। धामी ३ हजार ७८३ मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका ३७ वर्षीय प्रेमसिंह धामीले ३ हजार २७७ र तेस्रो भएका राप्रपाका ५७ वर्षीय जयसिंह धामीले १३ पाएका छन्।

मार्मा गाउँपालिकामा माओवादीका ६१ वर्षीय जमनसिंह धामी ३ हजार ६१६ मतका साथ अध्यक्षमा निर्वाचित हुँदा एमालेका ५२ वर्षीय देवसिंह महरले २ हजार ९१४ र राप्रपाका ३९ वर्षीय बीरसिह बोहराले ३४ मत ल्याएका छन्। 

बैतडी 
डिलासैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार ३५ वर्षीय सन्तोषप्रकाश जोशी विजयी भएका छन्। उनले माओवादी केन्द्रका उम्मेदवारलाई ५३८ मतले पराजित गरेका हुन्। 

जोशीले ३ हजार १८९ मत ल्याउँदा उनका माओवादीका ३५ वर्षीय उम्मेदवार लोकेन्द्रबहादुर रानाले २ हजार ६५१ मत पाएका छन्। जोशीले विद्रोह गरेको पार्टी एमालेले गाउँपालिका अध्यक्षका लागि चुनावी प्रतिष्पर्धामा उतारेका ३९ वर्षीय अक्कलबहादुर रानाले २ हजार ५५७ मत ल्याएका छन्। 

दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा एमालेका ४९ चक्रबहादुर कार्की विजयी भएका छन्। उनी ४ हजार ९१७ मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।

उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका ४६ वर्षीय देवराज जोशीले ४ हजार ९१ मत ल्याउँदा तेस्रो भएका राप्रपाका ४९ वर्षीय शेरबहादुर कार्कीले ६० मतमा चित्त बुझाएका छन्। 

दशरथ चन्द नगरपालिका प्रमुखमा एमालेका ४३ वर्षीय पुस्करराज जोशी ६ हजार ५८५ मतसहित विजयी भएका छन्। उनले कांग्रेसका ४८ वर्षीय गजेन्द्रसिंह रावललाई हराएका हुन्। रावलले ५ हजार ४२७ ल्याउँदा माओवादीका प्रेमसिंह थापाले ४१० मत पाएका छन्।

पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा पनि एमालेकै ५३ वर्षीय गोरखबहादुर चन्द निर्वाचित भएका छन्। चन्द ३ हजार ७८२ मतसहित निर्वाचित हुँदा कांग्रेसका ४३ वर्षीय रमेशसिंह भण्डारी २ हजार ४८८ मत ल्याएका छन्। 

शिवथाथ गाउँपालिकामा कांग्रेसका ४५ वर्षीय कर्णसिं साउद ३ हजार १६५ मतका साथ विजयी भएका छन्। यहाँ एमालेका ५१ वर्षीय हजारीसिंह साउदले २ हजार ८४९ र राप्रपाका ६६ वर्षीय गोरखबहादुर चन्दले ५९ मत पाएका छन्।

मेलौली नगरपालिकामा भने माओवादीका ४५ वर्षीय भीमबहादुर चन्द विजयी भएका छन्। उनले ३ हजार १० मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी एमालेका ४२ वर्षीय जगदीशसिंह नायकले २ हजार ३७६ मत ल्याएका छन्। यहाँ कांग्रेसका ४३ वर्षीय प्रेमबहादुर चन्दले २ हजार ३५५ मत पाएका छन्।

पाटन नगरपालिकामा कांग्रेसका ५७ वर्षीय गौरीसिंह रावल नगर प्रमुखमा विजयी भएका छन्। उनले एमालेका ५३ वर्षीय नारायणसिंह भण्डारीलाई १ हजार ५७९ मतले पराजित गरेका हुन्।
रावलले ६ हजार ८६९ र भण्डारीले ५ हजार २९० मत पाएका छन्। तेस्रो भएका राप्रपाका ४९ वर्षीय प्रेमबहादुर चन्दले १७६ ल्याएका छन्। 

सिगास गाउँपालिकाको अध्यक्षमा पनि कांग्रेसका ५४ वर्षीय हरिसिंह धामी ३ हजार ४४९ मतसहित निर्वाचित भएका छन्। उनको निकटतम् प्रतिद्वन्द्वी एमालेका ५० वर्षीय जस्वीरसिंह बोहरा १ हजार ७९८ र तेस्रो भएका माओवादीका ४६ वर्षीय रामसिंह साउद १ हजार २६४ मत ल्याएका छन्।

सुर्नया गाउँपालिकामा भने एमालेका ४५ वर्षीय अम्मरबहादुर कुँवर विजयी भएका छन्। कुँवरले २ हजार ३५० मतसहित जीत निकाल्दा निकटतम् प्रतिद्वन्द्वी एकीकृत समाजवादीका ५२ वर्षीय नरेन्द्रबहादुर विष्टले २ हजार ३२४ मत ल्याएका छन्। यहाँ कांग्रेसका ५७ वर्षीय गजेन्द्रबहादुर चन्द २ हजार २१ मत प्राप्त गरेका छन्।  

पुर्चाैडी नगरपालिकामा कांग्रेसका ५० वर्षीय दीपकबहादुर बम ४३६२ मतका साथ प्रमुखमा निर्वाचित भएका छन्। उनीसँग प्रतिष्पर्धामा उत्रिएका एमालेका ५५ वर्षीय कर्णबहादुर कुँवरले २ हजार ९१६ र माओवादीका ३५ वर्षीय विक्रम कुँवरले २ हजार ६७५ मत ल्याएका छन्। 

डडेल्धुरा 
परशुराम नगरपालिकाको प्रमुखमा कांग्रेसका २९ वर्षीय भरत बडायर जोशी ५ हजार ९४१ मतका साथ निर्वाचित भएका छन्। उनी माओवादीका ४९ वर्षीय शेरसिंह माललाई पराजित गर्दै सुदूरपश्चिममा सबैभन्दा कम उमेरका नगर प्रमुख बनेका छन्। 

मालले ५ हजार ८०५ मत प्राप्त गर्दा अर्का प्रतिष्पर्धी एमालेका ४२ वर्षीय केशव बोहरा २ हजार ६०६ मत ल्याएका छन्। 

भागेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका ५० वर्षीय हेमराज चटौत विजयी भएका छन्। उनले एमालेका ३२ वर्षीय रामबहादुर शाहीलाई पराजित गरेका हुन्। 

चटौत ३ हजार २११ मतसहित अध्यक्षमा निर्वाचित हुँदा एमालेका शाहीले १ हजार ७८ र अर्का प्रतिष्पर्धी माओवादीका ३७ वर्षीय बिष्णुप्रसाद पाण्डेयले १ हजार ४१ मत पाएका छन्।

अजयमेरु गाउँपालिकाको अध्यक्षमा माओवादीका ३९ वर्षीय उमेशप्रसाद भट्ट निर्वाचित भएका छन्। उनी दोस्रो कार्यकालका लागि गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन्। 

विजयी भट्टले २ हजार ४६९ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेका ४१ वर्षीय पदमबहादुर पालले २ हजार २९७ मत पाएका छन्। अर्का प्रतिद्वन्द्वी कांग्रेसका ४० वर्षका टेकराज पाण्डेयले १ हजार ९८१ मतमा चित्त बुझाउनुपरेकोछ ।  

कांग्रेसका ४६ वर्षीय लक्ष्मीप्रसाद अवस्थी २ हजार ८७९ मतसहित नवदुर्गा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एकीकृत समाजवादीका ४८ वर्षका कविन्द्रबहादुर विष्टले २ हजार ६०६ मत ल्याएका छन्। 

नवदुर्गामा कांग्रेसको कारबाहीमा परेका कर्णबहादुर मल्लको दल नेपाली कांग्रेस (बीपी) का ४० वर्षीय गोकुलबहादुर शाहीले १ हजार ३५८ मत प्राप्त गरेका छन्। यो पालिकामा एमाले र कांग्रेस बीपीबीच चुनावी तालमेल थियो। 

एमाले र कांग्रेस बीपीले तालमेल गरेको अमरगढी नगरपालिकामा पनि कांग्रेसकै ५३ वर्षीय डिल्लीराज जोशी नगर प्रमुखमा विजयी भएका छन्। उनले ३ हजार ६१९ मत ल्याउँदा कांग्रेस बीपीका हरिप्रसाद भट्टले ३ हजार ४२६ मत पाएका छन्। 

अमरगढीको प्रमुखका लागि चुनावी प्रतिष्पर्धामा उत्रिएकी एकीकृत समाजवादीकी २९ वर्षीया संगीताकुमारी भण्डारीले ७६७ मत पाएकी छन्। उनी निवर्तमान नगर उपप्रमुखसमेत हुन्। 

आलिताल गाउँपालिकामा माओवादीका ४४ वर्षीय शेरसिंह पार्की २ हजार ३८९ मतसहित विजयी भएका छन्। यहाँ कांग्रेसका ५२ वर्षीय बलबहादुर गुरुङले २ हजार २२४ र एमालेका ४७ वर्षीय मीनबहादुर बोगटीले १ हजार ४६९ मत पाएका छन्। गुरुङ निवर्तमान गाउँपालिका अध्यक्ष हुन्। 

प्रधनमन्त्री देउवाको गृहपालिका गन्यापधुरा गाउँपालिकामा कांग्रेसका ४२ वर्षीय ईन्द्रबहादुर कार्की ३ हजार १८४ मतका साथ अध्यक्षमा विजयी भएका छन्। उनले निकटतम् प्रतिद्वन्द्वी कांग्रेस बिपीका ४१ वर्षीय सुरेन्द्रबहादुर मालीलाई १ हजार ५७९ मतान्तरले पराजित गरेका हुन्। 

कांग्रेस बीपीका मालीले १ हजार ६०५ र एकीकृत समाजवादीका ६५ वर्षीय नरबहादुर विष्टले ८०१ मत पाएका छन्। यहाँ पनि एमाले र कांग्रेस बीपीबीच चुनावी तालमेल थियो। 

कञ्चनपुर
 दोधारा–चाँदनी नगरपालिकामा एमालेका ५१ वर्षीय किशोरकुमार लिम्बू ७ हजार १०४ मतका साथ नगर प्रमुखमा विजयी भएका छन्। उनी निकटम् प्रतिद्वन्द्वी कांग्रेसका ५४ गोपालदत्त भट्टलाई ९३२ मतले पछि पार्दै नगर प्रमुख बनेका हुन्।  

भट्टले ६ हजार १७२ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार भीमबहादुर कुमालले १ हजार ८५३ मत पाएका छन्। यो पालिका कांग्रेस नेता रमेश लेखकको निर्वाचन क्षेत्रमा पदर्छ। गत निर्वाचनमा यहाँ कांग्रेसले जितेको थियो।

लालझाडी गाउँपालिकामा एमालेका ५६ वर्षीय निर्मल राना ४ हजार ५१६ मतका साथ विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी माओवादीका ४५ वर्षीय मदनसेन बडायकले २ हजार ८५८ र कांग्रेसका ४८ वर्षका श्रीकृष्ण रानाले २ हजार ४६८ मत पाएका छन्। बडायक गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन्। 

बेलौरी नगरपालिकामा माओवादीका ४१ वर्षीय पोतिलाल चौधरी ८ हजार ७८७ मतका साथ फेरि नगर प्रमुखमा दोहोरिएका छन्। उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी ३२ वर्षीया कमलाकुमारी बोहराले ६ हजार ८०३ र कांग्रेसका ५० वर्षीय हरेन्द्रसिंह विष्टले ६ हजार ३१२ मत पाएका छन्। 

बेलडाँडी गाउँपालिकामा कांग्रेसका ४१ वर्षीय हरिशचन्द्र राना ४ हजार १०३ सहित अध्यक्षमा निर्वाचित भएका छन्। यहाँ एमालेका ४६ वर्षका अकलबहादुर विष्टले २ हजार ३०१ र माओवादीका ५५ वर्षीय ईश्वरीदत्त भट्टले १ हजार ७६३ पाएका छन्। 

कञ्चनपुरका भीमदत्त नगरपालिका, वेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाको मतगणना जारी छ। मतगणनाको परिणाम अनुसार शुक्लाफाँटा बाहेकका नगरपालिकाहरुमा कांग्रेसको अग्रता छ।  

कैलाली 
गोदावरी नगरपालिकामा कांग्रेसका ५१ वर्षीय वीरेन्द्र भट्ट १५ हजार ५०१ मत ल्याएर विजयी भएका छन्। यहाँ एमालेका ६१ वर्षीय गोकर्ण भट्टले ११ हजार २२४ र राप्रपाका ३८ वर्षीय दुर्गाकुमार पोखरेल १ हजार ८०५ मत पाएका छन्।

चुरे गाउँपालिकामा एमालेका ५४ वर्षीय चक्रबहादुर बोगटी ३ हजार ३०५ मतसहित विजयी हुँदा एकीकृत समाजवादीका ४८ वर्षीय लोकबहादुर सारुले ३ हजार २८१ मत पाएका छन्। 

बर्दगोरियामा एमालेका ५५ वर्षीय कर्णबहादुर कुँवर ५ हजार ८४२ निर्वाचित भएका छन्। कांग्रेसका ४३ वर्षीय शेरबहादुर कठरियाले ४ हजार १८६, नागरिक उन्मुक्ति पार्टीका भजनलाल कठरिया १ हजार ९४० मत पाएका छन्। 

कैलालीमा १ उपमहानगर र ६÷६ नगर र गाउँपालिका छन्। कैलालीका गोदावरी, चुरे र बर्दगोरियाबाहेकका पालिकाहरुमा पनि मतगणना जारी छ।  

डोटी
बडिकेदार गाउँपालिकामा कांग्रेसका ५२ वर्षीय भैरवबहादुर साउद २ हजार ३४३ मतका साथ निर्वाचित भएका छन्। एमालेका ५१ वर्षीय चक्रबहादुर घर्तीमगरले १ हजार ६८४ र एकीकृत समाजवादीका ४२ भक्तबहादुर साउदले १ हजार ४७१ मत पाएका छन्।

बोगटान फुडसिल गाउँपालिकामा माओवादीका ३३ वर्षीय कमलबहादुर गडसिला २ हजार ५८ ले विजयी भएका छन्। यहाँ एमालेका ४० वर्षीय हस्तबहादुर बुढाले २ हजार २४ र कांग्रेसका ४८ दिलबहादुर बम १ हजार ९३४ मत पाएका छन्।    

जोरायल गाउँपालिकामा एमालेका ५३ वर्षीय दुर्गादत्त ओझा ३ हजार ४४९ निर्वाचित भएका छन्। कांग्रेसका ६३ वर्षीय दिपकबहादुर विष्टले ३ हजार ४१२ र एकीकृत समाजवादीका ३० वर्षीय किरण मल्लले १ हजार ६५९ मत पाएका छन्।

केआईसिंह गाउँपालिकामा कांग्रेसका ५१ वर्षीय लोकेन्द्रबहादुर शाही ४ हजार २६३ मतसहित निर्वाचित भएका छन्। माओवादीका ३८ वर्षका केशवनाथ योगीले २ हजार ६२१ र एमालेका ४३ वर्षीय तेजबहादुर माझीले ९५० मत प्राप्त गरेका छन्।

शिखर नगरपालिकामा कांग्रेसका ३९ वर्षीय दीर्घबहादुर बलायर ६ हजार ५६२ मतले विजयी हुँदा एमालेका भीमबहादुर बलायरले ४ हजार ५९१ मत पाएका छन्। यहाँ एकीकृत समाजवादीका ३९ वर्षीय सागरप्रसाद भट्ट ३०२ मतमा चित्त बुझाउनुपरेको छ। 

दिपायल सिलगढी नगरपालिकामा कांग्रेसका ४६ वर्षीय बाजीसिंह खड्का ५ हजार १३८ मतले विजय भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका ४७ वर्षीय लक्ष्मण मलासीले ३ हजार ५१५ मत ल्याउँदा तेस्रो र्भका माओवादीका ४२ वर्षीय खगेन्द्रबहादुर साउद १ हजार ९८३ मत पाएका छन्।

आदर्श गाउँपालिकामा कांग्रेसका ३६ वर्षीय गणेशबहादुर खड्का ३ हजार ७७३ मतका साथ विजयी भएका छन्। एमालेका ५२ वर्षीय डम्बरबहादुर ओलीले ३ हजार ३७७ र माओवादीका ३३ वर्षीय योगेन्द्रबहादुर खड्काले ९०७ मत पाएका छन्।  

कांग्रेसका ४२ धर्मराज जोशी ३ हजार २४३ मत ल्याएर सायल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन्। उनका प्रतिष्पर्धी एमालेका ४० वर्षीय तेजबहादुर डुम्रेलले २ हजार २४० र माओवादीका ३४ वर्षीय डबलबहादुर साउदले ५३२ मत ल्याएका छन्।

पूर्वी चौकी गाउँपालिकामा कांग्रेसका ५२ वर्षीय रामप्रसाद उपाध्याय ५ हजार १३३ मतले विजयी भएका छन्। एमालेका ४२ वर्षीय कृष्णकुमार खड्काले २ हजार २०५ र एकीकृत समाजवादीका ४१ वर्षका देवबहादुर खड्काले २३२ मत प्राप्त गरेका छन्।  

अछाम 
तुर्माखाद गाउँपालिकामा एमालेका ३४ वर्षीय डम्बरबहादुर बिसी ३ हजार ५२३ मतका साथ अध्यक्ष बनेका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका ६२ वर्षीय कर्णबहादुर बुढाले ३ हजार ४९३ र माओवादीका ५० वर्षीय मनबहादुर वयकले ३ हजार ९१ मत ल्याएका छन्। 

ढकारी गाउँपालिकको अध्यक्षमा कांग्रेसका ४६ वर्षीय प्रकाशबहादुर साउद ३ हजार १८१ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका ६३ वर्षीय धर्मबहादुर शाहीले २ हजार ५५५ पाएका छन्। यहाँ एकीकृत समाजवादीका ६६ वर्षीय शेरबहादुर बुढाले १ हजार ५९० मत प्राप्त गरेका छन्।

कांग्रेसका ४२ वर्षीय भीमबहादुर साउद ३ हजार ९८२ मतसहित चौरपाटी गाउँपालिकको अध्यक्ष बनेका छन्। अध्यक्षका लागि चुनावी प्रतिष्पर्धामा उत्रिएका एमालेका ४१ वर्षका राम आउजीले २ हजार ५०६ र एकीकृत समाजवादीका ३६ वर्षका हर्कबहादुर साउदले १ हजार ४७४ मत ल्याएका छन्। 

कमलबजार नगरपालिकामा कांग्रेसका ५० वर्षीय यज्ञप्रसाद ढकाल विजयी भएका छन्। उनी ४ हजार २८८ मतका साथ नगर प्रमुखमा विजयी भएका हुन्। 

उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका ६२ वर्षीय कटकबहादुर साउदले ४ हजार ६५ र अर्का प्रतिद्वन्द्वी नेमकिपाका ५८ वर्षीय जक्तिराम जैसीले ३० मत पाएका छन्। 

मंगलसेन नगरपालिकाको प्रमुखमा भने एमालेका ६३ वर्षीय मंगलबहादुर बोहरा ५ हजार ७३७ मतका साथ निर्वाचित भएका छन्। यहाँ कांग्रेसका ५९ वर्षीय नमबहादुर शाहीले ५ हजार २ र जनता समाजवादी पार्टी (जसपा) नेपालका ४६ वर्षीय टंकबहादुर रावलले १०५ मत पाएका छन्।

रामारोशन गाउँपालिकामा कांग्रेसका ३८ वर्षीय मानबहादुर साउद अध्यक्ष बनेका छन्। उनी ३ हजार १२७ मतका साथ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। 

उनका निकटम् प्रतिद्वन्द्वी माओवादीका ३८ वर्षका पहलबहादुर साउदले २ हजार ८९७ र अर्का प्रतिद्वन्द्वी एमालेका ५२ वर्षीय चक्रबहादुर रावलले २ हजार ७९५ मत ल्याएका छन्। 

मेल्लेख गाउँपालिका माओवादीका ३९ वर्षीय ज्वालासिंह साउद विजयी भएका छन्। साउद ५ हजार १४४ मतका साथ निर्वाचित हुँदा एमालेका ४६ वर्षीय भीमबहादुर खड्काले ४ हजा १८४ मत पाएका छन्।

बान्निगढी जयगढ गाउँपालिकामा कांग्रेसका ५१ वर्षीय टेकबहादुर साउद ३ हजार ११२ का साथ विजयी भएका छन्। यहाँ एमालेका ४० वर्षका लोकबहादुर साउदले २ हजार ६१४ मत ल्याएका छन्।

अछामको पञ्चदेवल गाउँपालिका र साँफेबगर नगरपाालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छैन। 

बाजुरा 
हिमाली गाउँपालिकामा कांग्रेसका ६० वर्षीय गोविन्दबहादुर मल्ल २ हजार ३८४ मतका साथ विजयी भएका छन्। यहाँ एमालेका ६४ वर्षीय अजबहादुर मल्ल २ हजार २६९ र एकीकृत समाजवादीका ३६ वर्षका मनीजंग मल्ल २७ मत पाएका छन्।

स्वामीकार्तिक खापर गाउँपालिकमा कांग्रेसका ४२ वर्षका भरतबहादुर रोकाया २ हजार ११ मतका साथ विजयी हुँदा एमालेका ४२ वर्षीय चतुरभुज शाहीले १ हजार ७५७ मत प्राप्त गरेका छन्। एकीकृत समाजवादीका उम्मेदवार ४८ वर्षका चिरञ्जिवी शाहीले १ हजार २८२ मत पाएका छन्। 

कांग्रेसका ५७ वर्षका कर्णबहादुर थापा त्रिवेणी नगरपालिकाको प्रमुखमा ४ हजार ७६१ मतका साथ विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका ३८ वर्षका मोतीसिंह बुढाले ३ हजार ५८६ र एकीकृत समाजवादीका ३५ वर्षका किसनबहादुर विष्टले ८ मत पाएका छन्।

खप्तड छेडेदह गाउँपालिकामा एमालेका ५० वर्षीय दिलबहादुर रावत ३७४६ विजयी। कांग्रेसका ५२ वर्षीय खडकबहादुर बुढा ३५५८ र माओवादीका ३६ वर्षीय जगतबहादुर बुढा १७६
गौमुल गाउँपालिकामा एमालेका ४० वर्षीय हरिबहादुर रोकाया ३ हजार ४३४ मतले अध्यक्षमा विजयी भएका छन्। यहाँ कांग्रेसका ३६ वर्षीय हिरेन्द्रबहादुर रोकायाले १ हजार ४७० र एकीकृत समाजवादीका ४६ वर्षीय लालबहादुर रोकायाले २६ मत ल्याएका छन्।

बडिमालिका नगरपालिकामा एमालेका ४१ वर्षीय अमरबहादुर खड्का नगर प्रमुख बनेका छन्। ४ हजार १९ मतले निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका ४४ वर्षीय धनराज पण्डितले ३ हजार ५४२ मत पाएका छन्। यहाँ  माओवादीका ४३ वर्षीय चन्द्रबहादुर थापाले ५५ मत ल्याएका छन्।

बाजुराको जगन्नाथ गाउँपालिका, बुढीगंगा नगरपालिका र बुढीनन्दा नगरपालिकाको मतपरिणाम आउन बाँकी छ। यहाँ मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ।  

बझाङ
साइपाल गाउँपालिकाको अध्यक्षमा एमालेका ५० वर्षीय मानवीर बोहरा विजयी भएका छन्। उनी सुदूरपश्चिममा सबैभन्दा थोरै मत ल्याएर विजयी हुने जनप्रतिनिधिमा पर्दछन्। 
बोहराले मात्र ६७५ पाएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका ३४ वर्षीय उजले बोहराले ६१३ मत ल्याएका छन्। भौगोलिक अवस्थितिले साइपाल ठूलो पालिका भए पनि यहाँ जनसंख्या न्यून छ।   

बुँगल नगरपालिकामा कांग्रेसका ३९ वर्षीय जयबहादुर धामी ७ हजार ६१५ मतले विजयी हुँदा एमालेका ४५ वर्षका धनदेवी कुँवरले ३ हजार २७१ मत पाएकी छन्। यहाँ राप्रपाका ३५ वर्षीय हर्कबहादुर सिंहले ६४ मत पाएका छन्।

तलकोट गाउँपालिकाको अध्यक्षमा एमालेका ५२ वर्षीय कलकबहादुर रोकाया २ हजार ७५९ निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एकीकृत समाजवादीका ३८ वर्षका नारायणकुमार धामीले २ हजार २५९ र राप्रपाका ६२ वर्षीय ललितप्रसाद जोशीले ३५ मत पाएका छन्।

जयपृथ्वी नगरपालिकाको प्रमुखमा कांग्रेसका ६० वर्षीय चेतराज बजाल विजयी भएका छन्। उनी ४ हजार ९७० सहित विजयी हुँदा एमालेका ४८ वर्षका सुरतबहादुर सिंहको ३ हजार ४९९ र राप्रपाका ५३ वर्षका कर्णबहादुर खड्काको ४३ मत आएको छ। 

खप्तड छान्न गाउँपालिकाको अध्यक्षमा कांग्रेसका ४० वर्षीय उत्तमबहादुर रोकाया ३ हजार १४१ मतले निर्वाचित भएका छन्। उनका निकटमत् प्रतिद्वन्द्वी एमालेका ३५ वर्षका लोकेन्द्रबहादुर सिंहले २ हजार ७३८ मत पाएका छन्। 

थलारा गाउँपालिकामा एमालेका ४१ वर्षका प्रकाशबहादुर रोकाया अध्यक्ष बनेका छन्। उनले २ हजार ७७४ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्रतर्फ ६४ वर्षका कुलराज जोशी २ हजार १०९ मत ल्याएका छन्। यहाँ एकीकृत समाजवादीका अध्यक्षका उम्मेदवार ५२ वर्षीय विनोद थापाले १ हजार २०३ मत प्राप्त गरेका छन्। 

वित्थडचिर गाउँपालिकामा कांग्रेसका ५१ वर्षका अम्मरसिंह महर ३ हजार १५९ मतले निर्वाचित भएका छन्। प्रतिष्पर्धी एमालेका ३६ वर्षका लोकेन्द्रबहादुर बोहराले २ हजार ६०० र एकीकृत समाजवादीका ५५ वर्षका जयबहादुर रोकाया १ हजार २९३ पाएका छन्। 

दुर्गाथली गाउँपालिकामा माओवादीका ३७ वर्षका दिलबहादुर थापा २ हजार ८२३ मतले विजयी भएका छन्। यहाँ एमालेका ४८ वर्षीय दलबहादुर धामीको १ हजार ८११ र स्वतन्त्र उम्मेदवार ५१ वर्षीय सत्यराज रावलको २५९ मत आएको छ। 

छविसपाथिभेरा गाउँपालिकामा माओवादीका ४१ वर्षका बसन्तबहादुर चलाउने विजयी भएका छन्। उनले ३ हजार ६८४ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी एमालेका ३७ वर्षीय रामप्रसाद भट्टको १ हजार ९२४ र स्वतन्त्र उम्मेदवार ४६ वर्षीय धनबहादुर रावलको १६१ मत आएको छ।

बझाङका सुर्मा गाउँपालिका, मष्टा गाउँपालिका र केदारस्युँ गाउँपालिकाको मतगणना जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .