एमाले सचिव लेखराज भट्टको क्षेत्र कैलालीको गोदावरी नगरपालिकाको प्रमुखमा कांग्रेसका वीरेन्द्र भट्ट निर्वाचित भएका छन्।
अन्तिम मत परिणाम अनुसार एमालेका उम्मेदवार गोकर्ण भट्टलाई ४ हजार २ सय ७७ को फराकिलो मत अन्तरले हराउँदै कांग्रेसका वीरेन्द्र भट्ट निर्वाचित भएका हुन्।
कांग्रेसका वीरेन्द्र भट्टले १५ हजार ५ सय १ मत पाए। एमालेका गोकर्ण भट्टले ११ हजार २ सय २४ मतमात्रै पाए।
उपप्रमुखमा भने एमालेकी शारदा रोकाया विजयी भएकी छिन। उनले नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रत्ना कडायतलाई ६ सय ८७ मत अन्तरले पराजित गरिन।
रोकायाले १० हजार ६ सय ७० मत प्राप्त गर्दा कडायतले ९ हजार ९ सय ८३ मत प्राप्त गरिन्।
नगरमा कांग्रेसले ७ वडा जितेको छ भने एमालेले ४ वडा जितेको छ। एक वडा भने स्वतन्त्र उम्मेदवारले जितेको छ।
102
Shares

प्रतिक्रिया