निर्वाचन विशेष


‘गुलाबी सहर’का परिकल्पनाकार रंगविहीन हुँदा वालिङको नेतृत्व एमालेको पोल्टामा

‘गुलाबी सहर’का परिकल्पनाकार रंगविहीन हुँदा वालिङको नेतृत्व एमालेको पोल्टामा

नेपालखबर
जेठ ४, २०७९ बुधबार १३:१२, काठमाडौँ

स्याङ्जा वालिङको पूर्णामृत भवानी विद्यालय स्याङ्जाको मात्रै नभएर यो क्षेत्रकै चर्चित विद्यालय हो। 

गुणस्तरमा अब्बल मानिने त्यही विद्यालयका शिक्षक थिए–दिलीपप्रताप खाँण र कृष्ण खाँण। २०५४ सालमा दुवैले शिक्षकबाट राजीनामा दिए। कृष्ण एमाले र दिलीप कांग्रेसको राजनीतिमा होमिए।

२०५४ सालको स्थानीय चुनावमा दिलीपले कांग्रेसबाट वालिङको उपमेयरको टिकट पाए भने कृष्ण मेयरका प्रत्यासी थिए। तर, उनी सफल भएनन्। दिलीप भने २०७४ सालको चुनावमा वालिङको मेयरमा बढुवा भए। 

एमाले नेता उनै कृष्ण खाँणको मेयर सपना २९ वर्षपछि पूरा भएको छ। त्यही पनि, कक्षा ८ देखि प्रमाणपत्र तहसम्म सँगै पढेका र पढाएका दिलीपलाई नै पराजित गर्दै!

वैशाख ३० गते सम्पन्न स्थानीय चुनावको नतिजा  अनुसार कृष्णले २ हजार १८३ मतले दिलीपलाई पछि पारेका हुन्। 

कृष्णले १३ हजार ७७६ मत र वालिङलाई ‘गुलाबी सहर’ घोषित गरेका  दिलीपले ११ हजार ५९३ मत ल्याएका छन्। 

उपमेयरमा भने कांग्रेसकी कविता तिवारी गैह्रेले १२ हजार ८२२ मतसहित विजयी भइन्। उनका एमालेकी खगिसरा थापाले १२ हजार ३४० मत प्राप्त गरिन्। 

१४ वटा वडा रहेको सो पालिकामा एमालेले ८ वटा वडाध्यक्ष जितेको छ। बहुमत कार्यपालिका सदस्य भने कांग्रेसकै छन्। 

वालिङलाई देशकै उत्कृष्ट नगरपालिका घोषित गराउन सफल भए पनि जनताले दिलीपलाई मन पराएनन्। 

चर्चा बढी भएको तर सबै काम पूर गर्न नसकेको आरोपबाट उनी मुक्त थिएनन्। गठबन्धनको काँधले पनि उनी मेयरमा थामिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad