निर्वाचन विशेष


फरक पार्टीबाट श्रीमान-श्रीमती उम्मेदवार, दुवैले जिते

फरक पार्टीबाट श्रीमान-श्रीमती उम्मेदवार, दुवैले जिते

नेपालखबर
जेठ ४, २०७९ बुधबार १३:६, कञ्चनपुर

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा पतिपत्नी नै जनप्रतिनिधि चुनिएका छन्।

दुई अलग पार्टीबाट उम्मेदवार बनेका उनीहरु वडा सदस्यमा निर्वाचित भएका हुन्। 

नेकपा एमालेबाट दोधारा चाँदनी नगरपालिका ७ बाट खुला सदस्यमा उम्मेदवार बनेका सन्दीप उपाध्याय विजयी भएका छन्।

उनकी पत्नी कमला उपाध्याय भने नेपाली कांग्रेसबाट महिला सदस्य पदमा विजयी भएकी हुन्। 

एमालेबाट खुला सदस्यमा चुनाव लडेका सन्दीपले ७ सय ५५ मत प्राप्त गरेका छन्।  

कांग्रेसबाट महिला सदस्यमा उम्मेदवार बनेकी उनकी पत्नी कमलाले भने ७ सय ९२ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad