निर्वाचन विशेष


मधेसमा सीके राउतको पहिलो जित, जनमत पार्टीका उम्मेदवारसँग निवर्तमान मेयर पराजित

मधेसमा सीके राउतको पहिलो जित, जनमत पार्टीका उम्मेदवारसँग निवर्तमान मेयर पराजित

मेयरमा विजयी विरेन्द्र माझी


नेपालखबर
जेठ ४, २०७९ बुधबार १२:४७, जनकपुरधाम

सीके राउत नेतृत्वको जनमत पार्टीले मधेशमा एउटा स्थानीय तहमा जित हात पारेको छ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जनता समाजवादी पार्टीलाई पराजित गर्दै जनमत पार्टीका उम्मेदवार विजयी भएका हुन्। 

यहाँ जनमत पार्टीबाट मेयर पदका उम्मेदवार विरेन्द्र माझी विजयी भएका छन्। जनमत पार्टी माइक चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएको थियो।

उनले २३९ मतान्तरले मधेश प्रदेशका समाजिक विकासमन्त्री नवलकिशोर साहका छोरा शैलेश कुमार साहलाई पराजित गरेका हुन्। साह हनुमान कंकालिनी नगरपालिकाको निवर्तमान मेयरसमेत हुन्।

मेयरमा विजयी हुने माझीले ६ हजार ४०७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी साहले ६ हजार २४६ मत प्राप्त गरेका छन्। 

प्रतिस्पर्धामा तस्रो भएको नेकपा माओवादी केन्द्रका उम्मेदवार राहुल कुमार मण्डलले ३ हजार ८७३ मत ल्याएका छन्। 

यो जनमत पार्टीले जितेको पहिलो स्थानीय तह हो।

०७४ सालको स्थानीय तहको निर्वाचनमा निवर्तमान मेयर साह तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट निर्वाचित भएका थिए। पछि पार्टी एकता र विभाजन पश्चात मन्त्री साह पद जोगाउन छोरासहित कित्ता परिवर्तन गरी जसपामा लागेका थिए। 

यो नगरपालिकाको उपमेयरमा भने जसपाकै सरिता देवी यादव विजयी भएकी छन्। उनले ६ हजार ५१२ मत पाएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीकी रेखादेवी मण्डलले ५ हजार ९८२ मत पाएकी छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad