निर्वाचन विशेष


ओलीको गृहजिल्लामा राप्रपाको दोस्रो जित, हल्दिबारीको अध्यक्ष र उपाध्यक्षमा विजयी

ओलीको गृहजिल्लामा राप्रपाको दोस्रो जित, हल्दिबारीको अध्यक्ष र उपाध्यक्षमा विजयी

नेपालखबर
जेठ ४, २०७९ बुधबार ०:३८, काठमाडौँ

झापाको हल्दिबारी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवैमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा रवीन्द्र लिङ्देन र उपाध्यक्षमा लक्ष्मी मैनाली विजयी भएका हुन्। 

रवीन्द्रले ५८५६ मत ल्याए भने उनका प्रतिस्पर्धी एमालेका डम्बर गिरीले ४२०५ मत मात्र पाए । यस्तै उपाध्यक्षमा निर्वाचित मैनालीले ४४१९ मत ल्याइन् भने उनकी प्रतिस्पर्धी एमालेकी शान्तिदेवी गौतमले ३६९७ मत पाइन् ।

सत्ता गठबन्धन र एमालेलाई पराजित गर्दै राप्रपाले हल्दिबारीमा जित निकालेको हो। लिङ्देन ०७४ को निर्वाचनमा पनि ३ हजार ९ सय ४३ मतसहित विजयी भएका थिए। 

उपप्रमुखमा भने लक्ष्मी मैनाली विजयी भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्। यो सँगै राप्रपाले यो निर्वाचनमा २ वटा स्थानिय तहमा जित निकालेको छ।

यसअघि राप्रपाले काठमाडौंको शंखरापुर नगरपालिकामा विजय निकालेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad