निर्वाचन विशेष


मुख्यमन्त्री राजेन्द्र राईको वडामा एकीकृत समाजवादी पराजित

मुख्यमन्त्री राजेन्द्र राईको वडामा एकीकृत समाजवादी पराजित

नेपालखबर
जेठ ३, २०७९ मंगलबार २०:११, विराटनगर

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको वडामा उनकै पार्टीले हार व्यहोरेको छ। 

नेकपा एकीकृत समाजवादीका सचिव  समेत रहेका राईको वडामा नेपाली कांग्रेसले जितेको छ ।

भोजपुरको षडानन्द नगरपालिका ११ झ्याउँपोखरीमा नेपाली कांग्रेसका भुपाल कुमार कार्की ६ सय ९६ मत ल्याएर विजयी हुँदा दोस्रो स्थानमा नेकपा  समाजवादीका मिलन विष्टले ३७७ मत ल्याएका छन्।

षडानन्द नगरपालिकामा कांग्रेस र माओवादीले गठबन्धन गरेको भएपनि एमालेका उम्मेदवार सुरेन्द्र उदास प्रमुखमा निर्वाचित भएका छन्। उनले ६ हजार ७ सय ७२ मत ल्याउँदा कांग्रेसका वीरबल राईले ५ हजार ७ सय ५७ मत ल्याएका थिए।

उपप्रमुखमा भने गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी प्रमिला राई ७ हजार २ सय ५७ मतसहित विजयी बनेकी छिन्। उनले एमालेकी उम्मेदवार मेरिकालाई पराजित गरेकी हुन्। मेरिका राईले ४ हजार ३ सय ५८ मत ल्याएकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad