निर्वाचन विशेष


भरतपुरमा एमालेले घटायो मतान्तर

भरतपुरमा एमालेले घटायो मतान्तर

नेपालखबर
जेठ ३, २०७९ मंगलबार २०:६, काठमाडौँ

चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेले सत्ता गठबन्धनसँगको मतान्तर घटाएको छ।

२१ हजार ६९३ मतको परिणाम सार्वजनिक हुँदा गठबन्धन र एमालेबीचको मतान्तर ३३७ मा झरेको छ। 

यसअघि २० हजार ८८ मत गणना हुँदा गठबन्धकी साझा उम्मेदवार रेनु दाहालको मतान्तर ३४६ पुगेको थियो। 

उनले ७ हजार ३९४ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी विजय सुवेदीले ७ हजार ५७ मत पाएका छन्। 

गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले ८ हजार ९५६ मत र उनका निकटतम् प्रतिद्वन्द्वी हिमला गुरुङले ५ हजार ८३० मत पाएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad