निर्वाचन विशेष


विराटनगरको प्रमुखमा सत्ता गठबन्धनले अग्रता बढाउँदा उपप्रमुख उम्मेदवार पछि परे

विराटनगरको प्रमुखमा सत्ता गठबन्धनले अग्रता बढाउँदा उपप्रमुख उम्मेदवार पछि परे

नेपालखबर
जेठ ३, २०७९ मंगलबार २०:३, काठमाडौँ

मोरङको विराटनगर महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनका साझा उम्मेदवारले अग्रता बढाउँदै लगे पनि उपप्रमुखका उम्मेदवार भने पछि परेका छन्। 

मंगलबार साढे ७ बजे सार्वजनिक मतपरिणाम अनुसार गठबन्धनका तर्फबाट  प्रमुखका उम्मेदवार नेपाली कांग्रेसको नागेश कोइराला ९ हजार ८८२ मतका साथ अग्रस्थानमा छन्। 

उनलाई नेकपा एमालेका उम्मेदवार सागरकुमार थापाले ७ हजार ६३० मतले पछ्याइरहेका छन्। स्वतन्त्र उम्मेदवार उमेश यादव ३ हजार २३६ मतसहित तेस्रो स्थानमा छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रह्लादप्रसाद साह हलुवाई २ हजार ९४ मतसहित तेस्रो स्थानमा छन्। 

महानगरको उपप्रमुखमा भने गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अमरेन्द्र यादव ५ हजार ४०६ मतका साथ दोस्रो स्थानमा छन्। 

एमालेका उम्मेदवार शिल्पा कार्की ८ हजार ६९० मतले उनीभन्दा अगाडि छन्। यहाँ राप्रपाका उम्मेदवार विन्दाकुमारी लुइटेल आचार्य २ हजार ५२७ मतले तेस्रो स्थानमा छन्। 

उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएकी नमिता न्यौपानेले १ हजार ८९१ मत ल्याएकी छन्। विराटनगरमा अहिलेसम्म ३१ हजार ४०५ मत गणना भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad