निर्वाचन विशेष


काठमाडौं महानगर उपप्रमुख उम्मेदवार सुनितालाई १२ हजार बढी मत

काठमाडौं महानगर उपप्रमुख उम्मेदवार सुनितालाई १२ हजार बढी मत

नेपालखबर
जेठ ३, २०७९ मंगलबार १९:१९, काठमाडौँ

स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरको उपप्रमुखका लागि नेकपा एमालेले चुनावी प्रतिष्पर्धामा उतारेकी उम्मेदवार सुनिता डंगोलको मत १२ हजार नाघेको छ। 

३१ हजार २५३ मत गणनाको परिणामअनुसार उनी १२ हजार १५७ मतका साथ पहिलो स्थानमा छन्। डंगोललाई सत्ता गठबन्धनका साझा उम्मेदवार रामेश्वर श्रेष्ठ ३ हजार ६१४ मतका साथ पछ्याइरहेका छन्।

काठमाडौं महानगर उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले २ हजार ६२८ मत पाएका छन्। 

महानगर प्रमुखतर्फ स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको अग्रता झन्झन् बढ्दै गएको छ। उनले २१ हजार १३१ मत पाएका छन्। 

एमाले उम्मेदवार केशव स्थापितले ६ हजार ४६६ र कांग्रेस उम्मेदवार सिर्जना सिंहले ५ हजार ७७९ मत पाएका छन्।   

काठमाडौंमा ३ लाख २४२ कुल मतदातामध्ये १ लाख ९१ हजार १८६ मत खसेको थियो। काठमाडौँमा अहिले ३, ४, ५, ६, २९ ३०, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ। वडा नम्बर १ र २ को मतगणना सम्पन्न भइसकेको छ। 

काठमाडौँ–१ मा एमालेका भारतलाल श्रेष्ठ र २ मा एमालेकै राजेन्द्रकुमार श्रेष्ठ वडाध्यक्षमा विजयी भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad