धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना कार्य अनिश्चित समयका लागि स्थगित भएको छ।
दलका प्रतिनिधिहरुले मतगणनाको विषयमा विवाद सिर्जना गरेकोले मतगणना कार्य स्थगित गरिएको निर्वाचन अधिकृत विकास बस्नेतले सूचना जारी गरी बताएका छन्।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत वडा नम्बर–५ को क्षिरेश्वर मावि (ङ) मतदान केन्द्रको मतगणना कार्य भईरहेको अवस्थामा दलका प्रतिनिधिहरुले सो विषयमा विवाद सिर्जना गरेकोले सहज ढंगले मतगणना कार्य अगाडि वढाउन सकिने अवस्था नभएको हुँदा अर्को सूचना प्रकाशन नभएसम्मका लागि मतगणना कार्य स्थगित गरिएको जनाएको छ।
यस नगरपालिकामा कांग्रेसबाट निवर्तमान मेयर योगेन्द्र पजियार, एमालेबाट सुकदेब यादव र एकीकृत समाजवादीबाट शिवशंकर प्रसाद सिंह उम्मेदवार छन्।
निवर्तमान मेयर पजियार र सुकदेव यादवबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। पछिल्लो समय यादवले अग्रता लिएका छन्। पजियार कांग्रेसका जिल्ला सभापति समेत हुन्।

Shares

प्रतिक्रिया