सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ।
गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’ मेयरमा निर्वाचित भएका छन्। त्यस्तै, उपमेयर पदमा नेकपा एकीृकत समाजवादीका उम्मेदवार सीता थापा निर्वाचित भएकी छिन्।
मेयरका उम्मेदवार सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका भाइ हुन्। प्रतिस्पर्धी एमाालेका उम्मेदवार इन्द्र बहादुर नेपाललाई ४ हजार २ सय ८७ मतले पछाडि पार्दै सापकोटा निर्वाचित भएका हुन्।
सापकोटाले ११ हजार ७२ मत प्राप्त गरेका छन् भने प्रतिद्धन्ति एमालेका नेपालले ६ हजार ७ सय ८५ मत प्राप्त गरेका छन्।
उपप्रमुखकी उम्मेदवार थापाले ९ हजार ७ सय २६ मतसहित विजयी भएकी हुन्। उनका प्रतिद्वन्द्वि एमालेकी बाल कुमारी सापकोटाले ६ हजार ८ सय ७७ मत ल्याइन्।
चौतारा साँगाचोकगढीका १४ वडामध्ये एउटा वडाको अध्यक्षमा समाजवादी–माओवादी गठबन्धनका उम्मेदवार विजयी भएका छन्। माओवादीले ५ वटा वडाध्यक्षमा जित निकालेको छ भने एमालेले ४ र कांग्रेसले ४ वटा वडाध्यक्षमा जित निकालेको छ।
निवर्तमान मेयर अमानसिंह तामाङले बागी उम्मेदवारी दर्ता गराएर फिर्ता गरेका थिए।
Shares

प्रतिक्रिया