ad ad

समाज


भारत बायोटेक कम्पनीले भन्यो : ७ अवस्थाका व्यक्तिले कोभ्याक्सिन नलगाउनू

भारत बायोटेक कम्पनीले भन्यो : ७ अवस्थाका व्यक्तिले कोभ्याक्सिन नलगाउनू

नेपालखबर
माघ ६, २०७७ मंगलबार १५:३१,

पहिले भारत सरकारले प्रतिरक्षा प्रणाली कमजोर भएका वा यो बढाउन औषधि खाइरहेका बिरामीले पनि कोरोनाविरुद्धको खोप लगाउन सक्छन् भनेकाे थियाे।  

तर जब लगातार खोपका नकारात्मक असर (साइडइफेक्ट) देखिन थाले तब भारत बायोटक कम्पनीले मंगलबार यससम्बन्धी विवरण सार्वजनिक गर्दै प्रतिरक्षा प्रणाली कमजोर भएका वा यो बढाउन औषधि खाइरहेका बिरामीले कोरोना खोप नलगाउनू भन्ने चेतावनी जारी गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार यदि यस्ता व्यक्तिले खोप लगाए भने उनीहरूमा गम्भीर एलर्जीका समस्या आउन सक्छन्। साथै जसलाई ज्वरो आएको छ, उसले पनि खोप लगाउन हुँदैन।

तपाईं खोप लगाउन जानुभयो भने अब खोप कार्यक्रमका अधिकारीले पहिला केही कुरा साेध्नेछन्। जस्तै : तपाई अहिले कुनै रोगको औषधि खाँदै हुनुहुन्छ? यदि हो भने कति समयसम्म र कुन रोगका लागि?

सबैभन्दा राम्रो निम्न समस्या छन् भने कुनै पनि खोप नलगाउने :

–कुनै पनि किसिमका एलर्जी छन् भने

–ज्वरो आएको छ भने

–रगतसँग सम्बन्धित कुनै विकार वा रगत पातलो बनाउने औषधि खाइरहनुभएको छ भने

–तपाईंको शरीरमा रोगप्रतिरोधी क्षमता कम छ वा यो बढाउने औषधि सेवन गरिरहनुभएको छ भने

–गर्भवती हुनुहुन्छ भने

–स्तपान गराइरहनुभएको छ भने

–कुनै अन्य खोप लगाउनुभएको छ भने

भारत बायोटेकले बनाएको खोप कसले लगाउन मिल्छ त?
सीडीएससीओले कोभ्याक्सिनको क्लिनिकल ट्रायल चरणमै यसको सीमित प्रयोगका लागि अनुमति दिएको छ।

भारत सरकारले जुन व्यक्तिलाई कोरोना खोपका लागि प्राथमिक समूहमा राखेको छ, उनीहरूले खोप लगाइरहेका छन्।

खोप केन्द्रमा कार्यक्रम अधिकारीले उनीहरूलाई खोपका विषयमा जानकारी दिनेछन्। यस क्रममा यदि कसैले कोभ्याक्सिन लगाउन मानेनन् भने जबर्जस्ती गर्ने छैनन्।  

याे पनि : भारतमा कोरोना खोप लगाएका ५८० व्यक्ति बिरामी, २ जनाको मृत्यु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .