कारोबार


आईफोन १६ लाई प्रतिबन्ध लगाएको इन्डोनेसियाले गुगल पिक्सेल पनि रोक्यो

आईफोन १६ लाई प्रतिबन्ध लगाएको इन्डोनेसियाले गुगल पिक्सेल पनि रोक्यो

नेपालखबर
कात्तिक १६, २०८१ शुक्रबार १३:२७, काठमाडौँ

दक्षिण–पूर्वी एसियाली देश इन्डोनेसियाले गुगल पिक्सेल स्मार्टफोनको बिक्री रोकेको छ। 

घरेलु विषयवस्तुसम्बन्धी नियम कार्यान्वयनमा असफल भएको भन्दै गुगल पिक्सेल स्मार्टफोनको बिक्री रोकेको हो। 

यसअघि इन्डोनेसियाले एप्पलको आईफोन १६ लाई समेत प्रतिबन्ध लगाएको थियो। 

घरेलु उत्पादन लगानीमा विदेशी कम्पनीलाई दबाब पार्न इन्डोनेसियाले यस्तो कदम चालेको बताइएको छ। इन्डोनेसियाको उद्योग मन्त्रालयले इन्डोनेसियामा बिक्री हुने स्मार्टफोनहरुमा कम्तीमा ४० प्रतिशत स्थानीय स्रोतका विषयवस्तु हुनुपर्ने बताएको छ। यो नियम देशकै औद्योगिक नीतिको खम्बा मानिएको छ। यसले घरेलु आर्थिक वृद्धिमा टेवा पुुग्ने विश्वास गरिएको छ। 

सोही कारण कि विदेशी कम्पनीले नवप्रवर्तनका परियोजनामा लगानी गर्नुपर्ने, कि पार्टपुर्जा स्थानीय रुपमै उत्पादन गर्नुपर्ने वा इन्डोनेसियाभित्रै हार्डवेयर डिभाइस राम्रोसँग काम गर्नका लागि गरिने प्रोग्राम इम्बेड वा माइक्रोकोडको एक रुप फर्मवेयरको विकास गरिनुपर्ने नियम लगाइएको छ। 

स्थानीय विषयवस्तु प्रमाणीकरण नपाउने विदेशी कम्पनीले कानुनी रुपमा आफ्ना डिभाइस इन्डोनेसियामा बिक्री गर्न नसक्ने प्रावधान छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad