ad ad

कारोबार


सफ्टवेयर कम्पनी एडोबमाथि लाग्यो ग्राहकलाई जालझेल गरेको आरोप

सफ्टवेयर कम्पनी एडोबमाथि लाग्यो ग्राहकलाई जालझेल गरेको आरोप

एडोब कार्यालयन (ब्लुमबर्ग/गेट्टी)


नेपालखबर
असार ४, २०८१ मंगलबार १२:४५, काठमाडौँ

अमेरिकी सरकारले सफ्टवेयर कम्पनी एडोबविरुद्ध मुद्दा दायर गरेको छ। 

द फेडेरल ट्रेड कमिसन (एफटीसी)ले एडोबमाथि ग्राहक संरक्षणसम्बन्धी कानुन उल्लंघन र ग्राहकलाई जालझेल गरेको आरोप लगाएको हो।

कम्पनीले एकचोटि सफ्टवेयर किनिसकेपछि रद्द गर्दा लाग्ने शुल्क नखुलाएको र रद्द गर्ने प्रक्रिया पनि झञ्झटिलो बनाएको एफटीसीको भनाइ छ। 

कम्पनीले लामो समयका लागि सफ्टवेयर सब्स्क्राइब गराउने र चाँडै रद्द गर्दा शुल्क लिने कुरा स्पष्टसँग ग्राहकलाई नभनेको एफटीसीले जनाएको छ। 

वित्तीय रुपमा शिथिल बनाउने भएकाले यसलाई सुधार गर्न कम्पनीले नमानेको आरोप छ। 

एडोबले भने सरकारी मुद्दाविरुद्ध लड्ने जनाएको छ। 

कम्पनीले आफूहरुको नियम र प्रक्रिया पादरदर्शी रहेको भन्दै रद्दको प्रक्रिया पनि झञ्झटिलो नभएको दाबी गरेको छ। 

एडोब सन् १९८२ मा स्थापना भएको थियो। यसको सफ्टवेयरबाट फोटो र पीडीएफ सम्पादन गर्न सकिन्छ। एडोब फोटोसपका लागि पनि प्रसिद्ध छ। 

सरकारले दायर गरेको मुद्दामा यसको साइनअप प्रक्रिया नै अस्पष्ट रहेको बताइएको छ। बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .