ad ad

कारोबार


एप्पलले भारतमा आईफोन १४ उत्पादन गर्ने

भूराजनीतिक तनाव बढ्दै गर्दा आईफोन उत्पादनमा चीनप्रतिको निर्भरता घटाउँदै एप्पल
एप्पलले भारतमा आईफोन १४ उत्पादन गर्ने

फाइल तस्बिर


नेपालखबर
साउन २३, २०७९ सोमबार १४:३०, काठमाडौँ

प्रविधि कम्पनी एप्पलले यही वर्ष सेप्टेम्बरमा आईफोन १४ सार्वजनिक गर्दै छ। तर उक्त फोन यसपटक चीनसँगै भारतमा पनि उत्पादन हुने भएको छ। 

एक रिपोर्टलाई उद्धृत गर्दै बिजनेस स्ट्यान्डर्ड जनाएअनुसार चीनसँगको निर्भरता घटाउन एप्पलले भारतमा पनि आईफोन उत्पादन गर्नलागेको हो। 

पछिल्लो समय विश्वमा भूराजनीतिक तनाव बढिरहेको छ। चीनको विरोधका बाबजुद अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेपछि चीन र अमेरिकाबीच समेत तनाव बढिरहेको छ। 

कम्पनीले आईफोन १४ शृंखलाअन्तर्गत आईफोन १४, आईफोन म्याक्स, आईफोन प्रो म्याक्स भारतमा उत्पादन गर्नेछ। उद्योग विश्लेषक मिंग चि कुओले यी ४ उत्पादन भारतमा हुनसक्ने ट्विटरमा उल्लेख गरेका छन्। 

उनका अनुसार फक्सकोनको भारतस्थित आईफोन उत्पादन साइटले आईफोन १४ मोडलहरु चिनियाँ उत्पादकसँगै शिपिङ गर्नेछ। अहिले एप्पलले भारतमा केही वर्षयता मात्र आइृफोन उत्पादन गरिरहेको छ।  जुन चीनको भन्दा निकै कम छ। 

फाक्सकोनकै साइटमा आईफोन १४ मोडल उत्पादन हुनेछ। यसमा ६.१ इन्चको डिस्प्ले रहने बताइएको छ। यो डिस्प्ले आईफोन १४, र प्रोमा हुनेछ भने आईफोन १४ म्याक्स र आईफोन १४ प्रो म्याक्समा ६.७ इन्चको डिस्प्ले हुनेछ। 

रिपोर्टहरुका अनुसार एप्पलले आईफोन १४ आईफोन १३ कै मूल्यमा बिक्री गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .