सेयरबजार बुधबार हरियो भएको छ।
बजार परिसूचक नेप्से आज बढेको हो।
योसँगै बुधबार १६७ कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ कम्पनीको घटेको र १२ वटाको उही मूल्यमा कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार दिनभरिमा २३ हजार पटक खरिदबिक्री भएको छ। त्यसमा २५ लाख कित्ता बढी सेयर बिक्री भएका छन् जुन ८७ करोड २१ लाख ४१ हजार रुपैयाँको कारोबार हो।
कसले कमाए धेरै?
आज पनि कालिञ्चोक दर्शनको सेयर ९.९९ प्रतिशतले बढेको छ। कम्पनीका लगानीकर्ताले ६६.७० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्।
यसबाहेक मोलुङ हाइड्रोका लगानीकर्ताले पनि २०.६० रुपैयाँ प्रतिसेयर आम्दानी गरेको नेप्सेले जनाएको छ। यसबाहेक गुराँस लघुवित्तका सेयरधनीले ६७ रुपैयाँ, एनसीसी डिबेन्चरका लगानीकर्ताले ७१.६० र सामलिङ पावरका लगानीकर्ताले ३७.९० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्।
त्यस्तै आदर्श लघुवित्तका सेयरधनीले भने एकैदिन १५० रुपैयाँ प्रतिसेयर नोक्सानी खेपेका छन्। यो नै सबैभन्दा ठूलो नोक्सानी हो।
यता स्वाभिमान लघुवित्तको प्रोमोटर सेयरको ८ करोड ८३ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ।
Shares
प्रतिक्रिया