राजनीति


जबजबाट समाजको अग्रगति सम्भव छैन : झलनाथ खनाल

जबजबाट समाजको अग्रगति सम्भव छैन : झलनाथ खनाल

फाइल तस्वीर


नेपालखबर
बैशाख ६, २०८० बुधबार १५:३८, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद भनेको पुँजीवादी यथास्थितिवाद रहेको बताएका छन्।

बुधवार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले भने, ‘जबज भनेको पनि पुँजीवादी जनवाद नै हो। त्यसले पुर्याउने ठाउँ पनि पुँजीवादी यथास्थितिवाद नै हो। त्यसैले दक्षिणपन्थी अवसरवादी धारासँग पनि वैचारिक संघर्षहरु गर्नुपपर्छ।’

उनले अहिले पनि पुनःउत्थानवादीहरुको धारा देशमा रहेको भन्दै फेरि राजतन्त्र फर्काउँछु भनेर लाग्ने धारालाई विद्यार्थी आन्दोलन भित्रबाट बडार्न जरुरी रहेको बताए।

उनले समाजवादी जनवादमा पुगेर मात्रै आम नागरिकको विकास सम्भव हुने बताए। 

उनले भने, ‘एउटा पुनःउत्थानवादीहरुको धारा छ, जो नेपाललाई फेरि राजतन्त्रको युगतर्फ, अन्धकार, सामन्तवाद युगतर्फ फर्काउन चाहन्छ, जसलाई विद्यार्थी आन्दोलन भित्रबाट बडार्न जरुरी छ। दोस्रो पुँजीवादी यथास्थितिवादी धारा छ, त्यसले जुन ढंगले २०६३÷०६३ मा क्रान्ति भयो, हाम्रो देशमा पुँजीवाद आएको छ, पुँजीवादी जनवाद हामीले स्थापना गरेका छौँ, अब यहाँबाट अझै अघि बढ्नुपर्नेछ। समाजवादी जनवादमा पुग्नुपर्नेछ। समाजवाद स्थापना गर्नुपर्नेछ।’ 

उनले नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पुँजीवादी यथास्थितिवादको धारालाई समाइरहेको भन्दै उनीहरुसँग वैचारिक संघर्ष गर्नुपर्ने बताए। उनले दक्षिणपन्थी अवसरवादी धाराबाट समाजको अग्रगति सम्भव नरहेको जिकिर गरे। 

सम्मानित नेता खनालले नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु अर्को चुनावमा पहिलो विद्यार्थी पार्टी बन्ने दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .