ad ad

कारोबार


लघुबीमा कम्पनीले पुर्‍याए चुक्ता पुँजी, मापदण्ड पूरा गरे कारोबार गर्न दिइने

लघुबीमा कम्पनीले पुर्‍याए चुक्ता पुँजी, मापदण्ड पूरा गरे कारोबार गर्न दिइने

नेपालखबर
चैत १३, २०७९ सोमबार १७:१५, काठमाडौँ

नेपाल बीमा प्राधिकरणले गत फागुन ९ मा सात लघुबीमा कम्पनीलाई चुक्ता पुँजी पुर्याउन निर्देशन दिएकोमा हालसम्म दुई कम्पनीले चुक्ता पुँजी पुर्याएका छन्। 

प्राधिकरणका अनुसार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजी पुर्याएका हुन्। 

अन्य कम्पनीले पनि पुँजी जुटाउन थालेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।

‘जीवन लघु बीमातिर गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र निर्जीवनतिर नेपाल माइक्रो इन्स्योरेन्सले चुक्ता पुँजी पुर्याएका छन्’, पौडेलले भने।  
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मुख्य कार्यालय विराटनगर ७, मोरङ, कोशी प्रदेश र नेपाल माइक्रो इन्स्योरेन्सको भरतपुर १, चितवन, बागमती प्रदेशमा मुख्य कार्यालय रहेको पौडेलले जानकारी दिए। 

प्राधिकरणले लघु जीवन बीमा व्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लघु बीमाको लाइसेन्स दिएको छ। 

त्यस्तै, लघु निर्जीवन बीमा व्यवसायतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले लघु बीमाको लाइसेन्स पाएका छन्।

प्राधिकरणले लघुबीमा कम्पनीलाई ७५ करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ। जसमा संस्थापकतर्फको ७० प्रतिशत अर्थात् ५२ करोड ५० लाख रुपैयाँ हुनुपर्छ। 

कहिलेबाट सञ्चालन हुन्छन् लघुबीमा कम्पनी 
पौडेलका अनुसार पुँजी पुर्याएका कम्पनीहरुले ६ महिनाभित्र कारोबार सञ्चालन इजाजत पाउनेछन्। 

लघुबीमा कम्पनीको सञ्चालनका लागि तय गरिएका मापदण्ड पूरा गरे कारोबार सञ्चालन गर्न पाउने उनले बताए। 

योसँगै कम्पनीहरुले अब ६ महिनाभित्र आईटी, कार्यालय स्थापना गर्नुपर्नेछ। 

त्यसपछि प्राधिकरणले अनुगमन गरी सबै मापदण्ड पूरा गरेको भेटिए आगामी छ महिनामा व्यवसाय सञ्चालन गर्न दिने पौडेलको भनाइ छ। 

६ महिनाभित्र सञ्चालन हुन नसके के हुन्छ? 
अहिलेको आर्थिक अवस्थाले कम्पनीहरुलाई पुँजी जुटाउन समस्या भइरहेको छ। 

सोही कारण विस्तारै समय लिएर पुँजी जुटाउन थालेका छन्। पुँजी नजुटाई सञ्चालन गर्न नपाउने व्यवस्था छ। ६ महिनामा सञ्चालन गर्नुपर्ने भए पनि नसके थप ६ महिनाको समय थपिने व्यवस्था छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .