साताको दोस्रो कारोबार दिन सेयरबजारमा १ अर्ब ३६ करोडको सेयर खरिदबिक्री भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १६.९७ अंकले बढेको हो।
योसँगै आज १५८ कम्पनीको सेयर बढेको, ४१ वटाको घटेको र ७ वटाको उही मूल्यमा कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार २२ हजार ९९३ पटकको खरिदबिक्रीमा ४४ लाख ७० हजार कित्ता सेयर बिक्री भएको हो।
आज दुई कम्पनीको १० प्रतिशतले सेयर मूल्य बढे पनि लगानीकर्ताले ९.९३ प्रतिशतसम्म गुमाएका छन्।
आज नबिल बैंकको २१ करोडको सेयर कारोबार भएको छ। यो नै आजको सर्वाधिक कारोबार हो।
24
Shares
प्रतिक्रिया