आइतबार बढेको सेयरबजार सोमबार फेरि घटेको छ।
सोमबार नेप्से १५.६१ प्रतिशतले घटेर १९५०.३७ मा झरेको हो। त्यस्तै कारोबार रकम पनि घटेको छ। आइतबार २ अर्बको कारोबार भएकोमा सोमबार १ अर्ब ४९ करोडको कारोबार भएको हो।
योसँगै सोमबार ३६ कम्पनीको सेयर बढे पनि १५१ कम्पनीको घटेको छ। सातवटाको भने उही मूल्यमा कारोबार भएको छ।
आज बजारमा २३६ कम्पनीको कारोबार भएको थियो। २४ हजार ९५१ पटकको कारोबारसँगै आज ३७ लाख ६१ हजार कित्ता सेयर बिक्री भएको छ।
आज लगानीकर्ताहरुले ८.१८ प्रतिशतसम्म कमाउँदा साढे ४ प्रतिशतसम्म गुमाएका छन्।
सर्वाधिक कारोबार भने हिमालयन डिस्टिलरीको १६ करोडको भएको छ।
24
Shares
प्रतिक्रिया