कारोबार


बीमाको लाइसेन्स खुल्यो, को–को छन् इच्छुक?

बीमाको लाइसेन्स खुल्यो, को–को छन् इच्छुक?

नेपालखबर
भदौ १०, २०७९ शुक्रबार १९:५२, काठमाडौँ

सरकारले लघुबीमा कम्पनीको लाइसेन्स खुल्ला गरेको छ। 

जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीहरुलाई मर्जरमा जान निर्देशन दिएर बीमा समितिले लघु बीमा कम्पनीको लाइसेन्स खुलाएको हो। 

बीमा समितिले ७ वटा लघुबीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको छ। सात प्रदेशमा एउटा एउटा हुने गरि ३ जीवन र ४ निर्जीवन लघुबीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरी शुक्रबार सूचना जारी गरेको छ। 

लघु बीमा कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ हुने बताइएको छ। आगामी ३५ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ। 

सूचनामा उल्लेख गरेअनुसार लघु बीमामा यसअघि नै कुनै बीमा कम्पनीमा प्रतिहिस्सेदारी रहेको भए अर्थात् क्रस होल्डिङ हुने गरी लगानी गर्ने गरी आवेदन दिन पाइनेछैन।

लघुबीमाको प्रस्ताव गर्दा आवेदकले काठमाडौं उपत्यकाबाहिरका प्रदेश स्तरका लागि गर्नुपर्नेछ। जसमा छनौट गर्दा समितिले कुन प्रदेशमा मुख्य कार्यालय राख्ने निर्धारण गर्नेछ।

समितिमा सूचनामा भनेको छ, ‘यसअघि नै प्राप्त भएका नयाँ लघु बीमा कम्पनी ल्याउने आवेदनलाई रद्द गर्दै आवेदकलाई पुनः प्रस्ताव गर्नुपर्ने र छनौट प्रतिस्पर्धाबाट हुनेछ।’

अहिले लघु बीमा कम्पनीको लाइसेनस खुलाउने निर्णय गरे पनि ६ महिना अघि भने जीवन बीमा कमपनी र निजीवन बीमा कम्पनीहरुलाई पुँजी बढाउन भनेको थियो। त्यसको लागि मर्जर उपयुक्त विकल्प बीमा समितिले दिएको हो। तर अहिले नयाँ लाइसेन्स खुल्ला गरेको छ। 

को–को छन् नयाँ लाइसेन्सको चाहनामा?
लाइसेन्स खुल्नुअघि नै बीमा समितिमा जीवन बीमा र निर्जीवन बीमा कम्पनीको लाइसेन्स माग गर्दै आवेदन परिसकेको छ। 

बीमा ऐनले तोकेको मापदण्डअनुसार नै केही कम्पनीहरुले प्रस्ताव पेश गरिसकेका थिए। त्यसमा निर्जीवन बीमा कम्पनीहरुतर्फ मुक्तिनाथ इन्स्योरेन्स, महालक्ष्मी जनरल इन्स्योरेन्स, अन्नपूर्ण जनरल इन्स्योरेन्स, मनकामना इन्स्योरेन्स, अभियान जनरल इन्स्योरेन्स, उपकार जनरल इन्स्योरेन्स छन्। 

जीवन बीमा कम्पनीहरुतर्फ युनी लाइफ इन्स्योरेन्स, स्ट्यान्डर्ड लाइफ इन्स्योरेन्स र उपकार लाइफ इन्स्योरेन्सजस्ता कमपनीहरुबाट आवेदन नै परिसकेको समितिले जानकारी दिएको छ। 

यसरी प्रस्ताव पेश गर्ने लगानीकर्तामा विशाल ग्रुप, आईएमई ग्रुप समेत छन्। चौधरी ग्रुपबाट प्रस्ताव नै नपरे पनि समितिले आवेदन खुलाएपछि प्रस्ताव पेश गर्ने तयारीमा छ। 

अन्नपूर्ण जनरल इन्स्योरेन्समा विशेषतया एनआरएनएको लगानी हुने देखिएको छ। त्यस्तै बीमा समितिका पूर्वकार्यकारी निर्देशक श्रीमान कार्की समेतले दुई निर्जीवन बीमाको लाइसेन्सको लागि आवेदन दिएका छन्।  त्यसमा महालक्ष्मी जनरल इन्स्योरेन्स, अन्नपूर्ण जनरल इन्स्योरेन्स रहेको छ।’ 

निर्जीवन बीमा कम्पनीको लागि नै आईएमई ग्रुप र विशाल ग्रुपबाट समेत आवेदन आइसकेको छ। समितिका अनुसार जीवन बीमा कम्पनीतर्फ भने पूर्वमन्त्री नारदमुनि राना समेत लागिपरेका छन्। 

उनले युनी लाइफ इन्स्योरेन्सको लाइसेन्स माग गरेका छन्। यी कम्पनीको हरुले जीवन बीमा र निर्जीवन बीमा कम्पनीको लाइसेन्स माग गरे पनि लघु बीमाको लागि नयाँ आवेदन गर्न समितिले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ। लघु बीमा मा पनि यही लगानीकर्ताहरु इच्छुक हुने सम्भावना देखिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .