सेयरबजारमा आज झिनो अंकको गिरावट देखिएको छ।
नेप्से परिसूचक शून्य दशमलव ३६ अंकले रातो भएको हो। सेन्सिटिभ सूचक भने शून्य दशमलव २८ अंकले हरियो छ।
२२० कम्पनीको कारोबार भएकामा १ अर्ब ४० करोड ५९ लाख रुपैयाँको कारोबार भएको हो। दिनभरिमा २६ हजार १९९ पटकको कारोबारमा ३४ लाख ९७ हजार कित्ता सेयर बिक्री भएको हो।
बुधबार लगानी, जीवन बीमा, अन्य, व्यापार र होटल तथा पर्यटन समूहको सूचक रातो रहे पनि बाँकी हरियो छन्। आज १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने ६९ वटाको घटेको छ। त्यस्तै १४ वटाको उही मूल्यमा कारोबार भएको छ।
कसले कमाए?
आज श्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशत कमाएका छन्। त्यस्तै मन्दाकिनी हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशत, अपरहेवा खोलाका लगानीकर्ताले ९.९९ प्रतिशत, अपर सोलु हाइड्रोका लगानीकर्ताले ९.९८ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ९.९८ प्रतिशत कमाएका छन्।
लगानीकर्ताहरुले आज ५.१४ प्रतिशतसम्म गुमाएका छन्। सर्वाधिक कारोबारमा रिडी पावर कम्पनी अगाडि छ। कम्पनीको १८ करोडको सर्वाधिक कारोबार भएको छ। शिवम् सिमेन्टको आज ६ करोडको कारोबार भएको छ।
Shares
प्रतिक्रिया