कारोबार


यस्तो छ एनएमबी म्युचुअल फन्डको वित्तीय विवरण

यस्तो छ एनएमबी म्युचुअल फन्डको वित्तीय विवरण

नेपालखबर
भदौ १, २०७९ बुधबार १४:२६, काठमाडौँ

एनएमबी म्युचुअल फण्ड अन्तर्गत एनएमबी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको एनएमबी हाइब्रिड फण्ड एल–१, एनएमबी फिफ्टी र एनएमबी सरल बचत फण्ड–इ ले आर्थिक वर्ष २०७८/७९ को संक्षिप्त वित्तीय विवरण प्रकाशित गरेको छ। 

एनएमबी हाइब्रिड फण्ड एल–१ को २०७९ असारमा प्रतिइकाइ खुद सम्पत्ति मूल्य १३ रुपैयाँ १३ पैसा कायम रहेको छ। अघिल्लो वर्ष यस फण्डको प्रतिइकाइ खूद सम्पत्ति मूल्य १६ रुपैयाँ ८९ पैसा कायम रहेको थियो। योजनाले आ.व. ७८/७९ को लागि २१.०५२६३ प्रतिशत नगद लाभांश घोषणा गरी साउन ३१ गते बुक क्लोज गरिसकेको छ। 

एनएमबी फिफ्टी को २०७९ असारमा प्रतिइकाइ खूद सम्पत्ति मूल्य १३ रुपैयाँ २८ पैसा कायम रहेको छ। अघिल्लो वर्ष यस फण्डको प्रतिइकाई खूद सम्पत्ति मूल्य १८ रुपैयाँ ९६ पैसा कायम रहेको थियो। योजनाले आ.व. ७८/७९ को लागि २१.०५२६३ प्रतिशत नगद लाभांश घोषणा गरि साउन ३१ गते बुक क्लोज गरिसकेको छ। 

एनएमबी म्युचुअल फण्डअन्तर्गतको चौथो म्युचुअल फण्ड योजना ‘एनएमबी सरल बचत फण्ड–इ’ रहेको छ। विगत नौ महिनादेखि सञ्चालनमा रहेको यस योजनाको २०७९ असारमा खूद सम्पत्ति मूल्य  ९ रुपैयाँ ११ पैसा कायम छ।

एनएमबी क्यापिटल लिमिटेडको पाँचौं म्युचुअल फण्ड योजना ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२’ २०७९ साउन २६ गतेदेखि निष्काशन भइरहेको छ। सो योजनाको म्युचुअल फण्ड इकाइमा आवेदन दिने म्याद थप गरिएको छ। योजनामा भदौ ९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .