ad ad

कारोबार


मस्कले बेचे टेस्लाको झण्डै ७ अर्ब डलरको सेयर

मस्कले बेचे टेस्लाको झण्डै ७ अर्ब डलरको सेयर

नेपालखबर
साउन २५, २०७९ बुधबार १२:३७, काठमाडौँ

विश्वका धनी इलोन मस्कले चर्चित अमेरिकी विद्युतीय कार निर्माता टेस्लाको ७९ लाख कित्ता सेयर बिक्री गरेका छन्। 

झण्डै ८० लाख कित्ता सेयर बिक्री गरेर उनले ६ अर्ब ९० करोड अमेरिकी डलर संकलन गरेका छन्। 

अमेरिकी धितोपत्र तथा विनिमय आयोगमा मंगलबार पेस गरिएको कागजातबाट गत शुक्रबार मस्कले सेयर बिक्री गरेको विवरण बाहिर आएको हो। 

अप्रिलयता मस्कले टेस्लाको सेयर बिक्री गरेको पहिलोपटक हो। त्यतिखेर उनले ९६ लाख कित्ता सेयर बिक्री गरी आठ अर्ब ५० करोड डलर उठाएका थिए। अप्रिलमा ट्विटर किन्ने सम्झौता हुँदा उनले बिक्री गरेका थिए। 

तर एक महिनाअघि मात्रै उनले ट्विटर नकिन्ने बताएका थिए। उनले ट्विटरमा रहेका झूटा खाताबारे विवरण नदिएको भन्दै नकिन्ने बताएका थिए। 

त्यसयता मस्क र ट्विटरबीच कानुनी विवाद सुरु भएको छ। अप्रिलमा सेयर बिक्री गर्दा मस्कले अब अरु सेयर बिक्री नगर्ने बताएका थिए। 

यो वर्ष ट्विटरको सेयर मूल्यमा झण्डै २० प्रतिशत कमी आएको छ। तर पछि १४ प्रतिशतले उकालो समेत लागेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .