कारोबार


चीनको छिङदाओमा हिमालय एअरलाइन्सको कूटनीतिक चार्टर्ड उडान

चीनको छिङदाओमा हिमालय एअरलाइन्सको कूटनीतिक चार्टर्ड उडान

नेपालखबर
साउन २५, २०७९ बुधबार ११:३७, काठमाडौँ

हिमालय एअरलाइन्सले परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक भ्रमणका लागि चार्टर्ड उडान गरेको छ। 

परराष्ट्र मन्त्रालयको विशेष अनुरोधमा साउन २४ गते चीनको छिङदाओमा कूटनीतिक चार्टर्ड उडान सञ्चालन गरेको हो। 

परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूको ११ सदस्यीय प्रतिनिधिमण्डल लिएर हिमालयको एअरबस ए३१९ ९एनको उडान मंगलबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको थियो। छिङदाओ लिउटिङ अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ७:५५ बजे (स्थानीय समय)मा अवतरण गरेको छ। 

छिङदाओको दुईदिने औपचारिक भ्रमणपछि साउन २६ मा अपराह्न ४.५० मा (स्थानीय समय) काठमाडौं आइपुग्ने समयतालिका छ। 

सन् २०२० मा फैलिएको कोभिड–१९ को महामारीका कारण नेपाल र चीनबीचको हवाइ यात्रा दुवै देशले लागू गरेका विभिन्न यात्रा प्रतिबन्धपश्चात् ठप्प भएको थियो।

महामारी नियन्त्रण भएर जनजीवन सामान्यतर्फ फर्किएपछि हिमालयले मे ३१, २०२२ बाट चीनको कुनमिङ जाने आफ्नो निर्धारित उडान तालिका सञ्चालन गर्दै साप्ताहिक रुपमा एउटा उडानका साथ सेवा सुरु गरेको छ। 

काठमाडौंबाट छिङदाओका लागि सिधा उडान तालिका नभएकाले एअरलाइन्सले आवश्यक सबै अनुमति लिएर यो विशेष चार्टर्ड उडान सञ्चालन गरेको जनाएको छ। 

नेपाल–चीन बीचको संयुक्त लगानीमा स्थापित हिमालय एअरलाइन्सको स्थापना सन् २०१४ मा भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .