ad ad

कारोबार


सार्वजनिक यातायातको भाडा अनुगमन गर्न संसदीय समितिको निर्देशन

सार्वजनिक यातायातको भाडा अनुगमन गर्न संसदीय समितिको निर्देशन

फाइल तस्बिर


नेपालखबर
साउन २३, २०७९ सोमबार १४:५४, काठमाडौँ

संसदीय समितिले सार्वजनिक यातायातले यात्रुहरुसँग मनलागी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ।

सोमबार प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिङ र मुग्लिङ–पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि समिति सभापति कल्याणीकुमारी खड्काले यस्तो निर्देशन दिएकी हुन्।

समिति बैठकमा सभापति खड्काले सार्वजनिक यातायातका सवारी साधनले यात्रुहरुसँग मनलाग्दी भाडा लिने गरेको गुनासो आएको बताइन्। उनले सडक सीमा अतिक्रमण गरी सडक सीमा भित्र बनाएका घर टहरा तत्काल हटाउन पनि सरकारलाई निर्देशन दिइन्। 

सभापति खड्काले  देशका मुख्य सडकहरुमा बाढी पहिरोको कारण बन्द रहेका सडकमा तत्काल पहिरो हटाउन पनि निर्देशन दिइन्। उनले राष्ट्रिय गौरव तथा अन्य राष्ट्रिय स्तरका सडकहरुको निर्माण तथा स्तर उन्नतिको काममा भइरहेको ढिलासुस्ति तथा न्यून कार्यप्रगतिलाई ध्यानमा राखि निर्माणाधीन नारायणघाट–मुग्लिङ र मुग्लिङ–पोखरा सडक स्तर उन्नतिको कार्य निर्धारित समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिइन्। 

सभापति खड्काले वातावरण, प्रविधिमैत्री र गुणस्तरीय विकास निर्माणसहित दीर्घकालीन समाधान सहितको विकास निर्माणको विषयमा तत्काल अध्ययन गरी कानून ल्याउन सरकारलाई निर्देशन दिइन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .